राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको"/>

2026-07-10 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

2016-12-29

राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा वृद्धि भएको हो । 

अन्तराष्ट्रिय सहयोग तथा अध्ययन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित ‘सार्वजनिक वित्त व्यवस्थापन/नेपालमा जवाफदेहिता’ कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको बिद्यालयका प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर बिद्यालयमा देखिएको उनले बताए । 

शैक्षिक वातावरणमा  प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि बिद्यालयमा आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । कार्यालय व्यवस्थापनको लागि विष्णुपुर प्र.म. गाविसले आर्थिक तथा भौतिक सहयोग गरेको गाविस सचिव मनोज कुमार कर्णले जानकारी दिए । सचिव कर्णले विद्यालयमा कार्यलाय व्यवस्थापन र खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको बताए । 

जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले बताए । अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । 

यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल