पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा पशुमा लागेको थुनेलो रोग निको पार्ने औषधि पहिचान

२०७३, १४ पुष बिहीबार ०६:४६

पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको कार्यक्रम प्रमुख डा माधवप्रसाद आचार्यले बताउनुभयो । 

अनुसन्धानले अन्य औषधिहरू जस्तै टेटरासाइक्लिन, क्लोरामफेनिकोल, इन्रोफ्लोक्सासिन पनि प्रभावकारी नै देखिए पनि पेनिसिलिन भने न्यून प्रभावकारी देखिएको उहाँले बताउनुभयो । 

दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ्र । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो । 

परिषद्की अनुसन्धानकर्ता डा गीता पाण्डेका अनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुन्छन् । 

थुनेलो भएमा थुन, कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्ने उहाँले बताउनुभयो । लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने उहाँले बताउनुभयो । थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ्र । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा आव २०७२/७३ मा चितवनको माडी र कास्कीका १२० गाईका ४८० दूधका नमुना परीक्षणमा गर्दा ५०.४ प्रतिशत लक्षण नदेखाउने किसिमको थुनेलोको प्रकोप देखिएको प्रमुख आचार्यले बताउनुभयो । 

जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत, स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको सङ्क्रमण गराइएको पाइएको उहाँले बताउनुभयो । 

रोग लाग्न नदिनका लागि गाई, गोठ र काम गर्ने मान्छेको सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दूध सुकाउने बेलामा थुनभित्र एन्टिबायोटिक औषधि राखेर छोड्नु राम्रो हुने परिषद्का डा शिवहरि घिमिरेको भनाइ छ । 

दूध दुहिसकेपछि थुनलाई पोभिडिन आयोडिन र गिलसरिन मिश्रित झोलमा डुबाउने गर्नाले पनि थुनेलो रोगको प्रकोपमा कमी ल्याउन सकिने घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता