पुस १४, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । 

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १४, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । 

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय "/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


पुस १४, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । 

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले वनदेवीको पूजाआजा सो कार्यको शुभारम्भ गर्नुभएको हो । 

जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकोे संयुक्त पहलमा क्यामेरा ट्रयापिङको माध्यमबाट बाघको गणना गरिने भएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार निकुञ्ज स्थापना कालदेखि नै बाघको निकुञ्जमा बसोबास भएकाले प्रत्येक वर्ष गणना हुँदै आएको र बाघको उपयुक्त स्थलका रुपमा लिइएको यस निकुञ्जमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

मध्यवर्ती वन र सामुदायिक वन समेटेर १२२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी १३० वटा क्यामेरा जडान गरिएको छ । गणना गर्दा ग्रिडअनुसार बाघ हिँडने सम्भावित क्षेत्रमा क्यामेरा राखिने र प्रति ०.३ सेकेन्डमा तीन पटक फोटो खिच्ने र फोटो क्यामेरामै सुरक्षित राख्ने पछि सफ्टवयरको माध्यमबाट निकालिने जेड एसआइका प्राविधिक शैलेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । 

प्रत्यके वर्ष गरिँदै आएको गणनामा हाल बाँके राष्ट्रिय निकुञ्जमा सात वटा बाघ रहेका छन् । सन् २०१३ मा गरिएको गणनामा तीन वटा, २०१४ मा चार वटा, २०१५ मा छ वटा र २०१६ मा नौ वटा देखिएको थियो तर दुई वटा बाघ भने बर्दिया र बाँकेको उस्तै देखिएकाले सात वटालाई मान्यता दिइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई