पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबक"/>
2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

लायन्स क्लबले खुवायो अनाथ बालबालिकालाई खाना

पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका प्रेसिडेन्ट श्री हरिप्रसाद दाहालको संयोजकत्वमा पौष ११ गते सम्पन्न भएको थियो । 

‘मानवताको लागि कार्य गरौं’ भन्ने क्लबको अवधारणा अन्तर्गत आश्रममा आश्रय लिएर बसेका अनाथ बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रमबाट क्लबले आप्mनो पहिलो औपचारिक कार्यक्रमको सुरुवात गरेको हो । सो कार्यक्रममा लायन्स क्लबका फष्ट भि.डि.जी. डि. आर. खनाल, सेकेन्ड भि.डि.जि. सुदर्शनधर प्राधानाङ्क, पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे, लायन शोभा जोशी, लायन शिवकुमार कटुवाल लगायतका अतिथि महानुभावहरूको उपस्थिति रहेको थियो । पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे र सेकेन्ड भि.डि.जि. सुदर्शनधर प्राधानाङ्कले आप्mनो छोराछोरीको जन्मोत्सवको अवसर पारी आश्रममा आश्रित वालवालिकाहरुलाई भोजन गराई जन्मोत्सव मनाउने प्रतिवद्धता सहित लायन्स क्लब अफ ओखलढुंगाललाई प्रगतिको लागि शुभकामना दिनुभएको थियो । उक्त अवसरमा पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरेले क्लबले विधिवत रुपमा स्थापना हुनुपूर्व नै यसरी सामाजिक कार्यमा उदात्त भई काम सुरु गरेकोप्रति लक्षित गर्दै सो को प्रशंसा समेत गर्नुभएको थियो । 

प्रणवानन्द आश्रममा गरिबिको रेखामुनी पिल्सिएका २ सय ५० जना विद्यार्थीहरू निः शुल्क रुपमा अग्रेजी माध्यममा पढ्छन् । त्यस मध्येका पनि ५० बालबालिका परिवार विहिन छन् । उनीहरूलाई आश्रमले होस्टलमै राखेर दैनिक भिक्षा मागेको भरमा शिक्षा, स्वास्थ्य, गाँस, वास र कपास सहितको सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी आश्रमका अध्यक्ष श्री रुद्रानन्द जी महाराजले गराउनुभएको थियो । प्रणवान्द विद्या मन्दिरका प्रधानाध्यापक तथा आश्रमका सचिव श्री राजाराम यादवले कोही पनि भोको तथा अशिक्षित रहन नपरोस् भन्ने आश्रमको अभियानमा साथ दिएकोमा क्लबलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा क्लबका प्रेसिडेन्ट दाहालले क्लबले गरेको सानो सहयोगबाट अन्य सहयोगीहरूमा पनि सहयोग गर्ने चाहना अझ बढोस् भन्ने अपेक्षा राखेर यस्तो कार्यक्रम आयोजना गरेको धारणा राख्दै बालबालिकाहरूलाई खाना खुवाएर कार्यक्रमको समापन गर्नुभएको थियो ।  

उक्त आश्रममा आश्रित बालबालिकाहरूलाई दयालु महानुभावहरूले आपूm या आप्mनो बालबच्चाहरूको जन्मदिन, शालगिरा, पित्रीको नाममा, औंशी, मासिक, वनभोज, लुगाफाटा, शैक्षिक सामग्री तथा अन्य सहयोगहरू गर्न सकिने आश्रमका सचिव एवम् प्रधानध्यापक यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द