पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबक"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

लायन्स क्लबले खुवायो अनाथ बालबालिकालाई खाना

२०७३, १६ पुष शनिबार ०३:३१

पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका प्रेसिडेन्ट श्री हरिप्रसाद दाहालको संयोजकत्वमा पौष ११ गते सम्पन्न भएको थियो । 


‘मानवताको लागि कार्य गरौं’ भन्ने क्लबको अवधारणा अन्तर्गत आश्रममा आश्रय लिएर बसेका अनाथ बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रमबाट क्लबले आप्mनो पहिलो औपचारिक कार्यक्रमको सुरुवात गरेको हो । सो कार्यक्रममा लायन्स क्लबका फष्ट भि.डि.जी. डि. आर. खनाल, सेकेन्ड भि.डि.जि. सुदर्शनधर प्राधानाङ्क, पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे, लायन शोभा जोशी, लायन शिवकुमार कटुवाल लगायतका अतिथि महानुभावहरूको उपस्थिति रहेको थियो । पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरे र सेकेन्ड भि.डि.जि. सुदर्शनधर प्राधानाङ्कले आप्mनो छोराछोरीको जन्मोत्सवको अवसर पारी आश्रममा आश्रित वालवालिकाहरुलाई भोजन गराई जन्मोत्सव मनाउने प्रतिवद्धता सहित लायन्स क्लब अफ ओखलढुंगाललाई प्रगतिको लागि शुभकामना दिनुभएको थियो । उक्त अवसरमा पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरेले क्लबले विधिवत रुपमा स्थापना हुनुपूर्व नै यसरी सामाजिक कार्यमा उदात्त भई काम सुरु गरेकोप्रति लक्षित गर्दै सो को प्रशंसा समेत गर्नुभएको थियो । 


प्रणवानन्द आश्रममा गरिबिको रेखामुनी पिल्सिएका २ सय ५० जना विद्यार्थीहरू निः शुल्क रुपमा अग्रेजी माध्यममा पढ्छन् । त्यस मध्येका पनि ५० बालबालिका परिवार विहिन छन् । उनीहरूलाई आश्रमले होस्टलमै राखेर दैनिक भिक्षा मागेको भरमा शिक्षा, स्वास्थ्य, गाँस, वास र कपास सहितको सेवाहरू उपलब्ध गराउँदै आएको जानकारी आश्रमका अध्यक्ष श्री रुद्रानन्द जी महाराजले गराउनुभएको थियो । प्रणवान्द विद्या मन्दिरका प्रधानाध्यापक तथा आश्रमका सचिव श्री राजाराम यादवले कोही पनि भोको तथा अशिक्षित रहन नपरोस् भन्ने आश्रमको अभियानमा साथ दिएकोमा क्लबलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा क्लबका प्रेसिडेन्ट दाहालले क्लबले गरेको सानो सहयोगबाट अन्य सहयोगीहरूमा पनि सहयोग गर्ने चाहना अझ बढोस् भन्ने अपेक्षा राखेर यस्तो कार्यक्रम आयोजना गरेको धारणा राख्दै बालबालिकाहरूलाई खाना खुवाएर कार्यक्रमको समापन गर्नुभएको थियो ।  

उक्त आश्रममा आश्रित बालबालिकाहरूलाई दयालु महानुभावहरूले आपूm या आप्mनो बालबच्चाहरूको जन्मदिन, शालगिरा, पित्रीको नाममा, औंशी, मासिक, वनभोज, लुगाफाटा, शैक्षिक सामग्री तथा अन्य सहयोगहरू गर्न सकिने आश्रमका सचिव एवम् प्रधानध्यापक यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश