प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  "/>
2026-09-01 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा अरुलाई गाउँ निकला गर्नेहरु आफै गाउँ छाडेर भागे

प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  दुई जना मुख्य व्यक्तिहरु यति वेला आफुहरु नै गाउँ छाडेर फरार भएका छन् ।

अर्वेनी–५ का  ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिया न्यौपाने थरकी एक महिलालाई पौंष १ गते विहान उनिहरुको घर भत्काउन लगाई गाउँ निकला गरेका ति महिलका भतिजा चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनिहरु विरुद्ध सार्वजानिक अपराधको मुद्धा पिडित पक्षले दर्ता गरेको एक हप्ता विति सक्दा पनि आरोपितहरुलाई किन पक्राउ गर्न सकिएको छैन् त ? भन्ने प्रश्नमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले ति दुवै जना गाउँमा नभई फरार रहेकोले पक्राउ गर्न नसकिएको बताए ।

दिनहुँ जसो कहिले वर्दिमा त कहिले सिविल पोषकमा प्रहरी त्यस गाउँमा तैनाथ गर्दा पनि उनिहरु फेला नपरेको उनले जानकारी दिए । गाविस कार्यालय सहायक जस्तो पदमा रहेर नियमित गर्नु पर्ने काम समेत नगरी गाउँबाट हिडेको बताईएका न्यौपाने वुटवल तर्फ लागेको बताईन्छ ।

आरोपित अर्का न्यौपाने पोखरा हुँदै काठमाण्डौमा रहेका आफ्ना ठुला मान्छेहरु संग बचाउको सोर्श–फोर्श लगाउन हिडेको स्थानियले बताउँदै आएका छन् ।

जाहेरी परेको दोश्रो तश्रो दिन उनिहरु गाउँमै रहेको स्थानियले बताए पनि प्रहरीले पक्राउ गर्न नसकेको पिडित पक्षको गुनासो छ । यस राष्ट्रिय स्तर सम्मका सञ्चार माध्यमले समेत सुरु देखि नै त्यस घटनालाई निरन्तर पछ्याई रहे पछि सरोकारवाला निकाय धेरैको ध्यानकृष्ट भएको छ ।

नेपाल राष्ट्रिय दलित आयोगको समेत ध्यानकृष्ट भए पछि आयोगबाट गोविन्द सुनार लगायतको टोलि अर्वेनी स्थित घटना स्थलमै पुगेर घटनाको सत्य तथ्य बुझिरहेको छ ।

उक्त टोलि सदरमुकाम तम्घासमा केहि वेर पछि फर्किने र यहाँका दलित अधिकारकर्मी सहित जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष न्यायका लागि ज्ञापनपत्र पठाउने कार्यक्रम रहेको अधिकारकर्मी कृष्ण सुनारले जानकारी दिए ।

सार्वजानिक अपराधको मुद्धा दायर भएको एक हप्ता विति सक्दा पनि उनिहरुलाई पक्राउ गर्न सहयोग गर्नुको साटो उनै आरोपितहरुलाई काँधमा बोकेर हिड्दै उक्त घटनालाई गाउँमै मिलाउनु पर्छ भन्दै र विज्ञप्तवाजी गर्दै हिडेका त्यस गाविका तिनवटै राजनैतिक दलका तिन वटै प्रमुखहरु प्रति यहाँका अधिकारकर्मीहरुले दुख व्यक्त  गरेका छन् ।

नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्माले जिम्मेवार राजनैतिक दलका प्रमुखहरुको त्यस्तो प्रबृद्धि विरुद्ध सडकमा दलितहरु उतार्न बाध्य हुने चेतावानी दिएका छन् । पिडित ति दलित बृद्ध र महिला सदरमुकाम आएर बसीरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली