2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तनका क्षेत्रमा लागि पर्ने ओखलढुंगाका सरोकारवालाहरुको साझा प्रति

पुस १७,ओखलढुंगा । ओखलढुंगाका सरोकारवालाहरुले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र विहिबार दुईदिन सञ्चालन भएको वार्षिक योजना तर्जुमा प्रकृयामा विपत् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहिकरण गोष्ठीमा सहभागि सबै सरोकारवालाहरुले गम्भीर भएर यस क्षेत्रमा लाग्ने साझा प्रतिवद्धता जनाएका हुन् । यूएसएआईडीको सहयोगमा सबल कार्यक्रम ओखलढुंगाको  सहयोग तथा जिल्ला विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त गोष्ठीमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी,दलका नेता,पत्रकार,सञ्चारकर्मी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो । उनिहरु सबैले आ आफ्नो क्षेत्रबाट विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैबिच ओखलढुंगामा स्रोत र चेतनाको अभावका कारण प्रकोप जोखिम न्यूनिकरणमा समस्या हुनेगरेको भन्दै स्रोत जुटाउन र सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिईएको छ । २०७२ को भूकम्प तथा विभिन्न अन्य प्रकोप जन्य जोखिम परेका समयमा स्रोत र चेतनाको अभावका कारण काम गर्न समस्या भएको सहभागीहरुले बताएपछि    निमीत्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले नागरिकमा चेतनाको अभाव र निकायहरुसँग प्रकोप न्यूनिकरणको पूर्वतयारीको अभ्यास नहुँदा समस्या भएको बताउनुभयो । विपत्को सामना गर्ने र पुर्वतयारीमा जुट्ने चेतना नागरिक तहमा नरहेको भन्दै विद्यालय स्तरमा समेत विपत् सम्बन्धीका कार्यक्रम गरेर विद्यार्थी मार्फत घरघरमा सन्देश दिन सकिने उहाँको भनाई थियो । 

त्यस्तै स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्रीले स्रोत अभावका कारण उपलब्धी देखिनेगरी प्रकोपका समयमा काम गर्न नसकेको बताउनुभयो । ओखलढुंगाका सबै गाविसमा विपत् जोखिम न्यूनिकरण समिति गठन गर्नुपर्नेमा समेत सहभागिहरुले जोड दिएपछि खत्रीले केहि समय भित्रै जिल्लाका सबै गाविसमा समिति गठन गर्ने प्रतिवद्धता जनाउनुभयो । समितिलाई सक्षम बनाउने कार्यक्रमहरु ल्याईने पनि उहाँले बताउनुभयो । केहि गाविसमा यसवर्षको गाउँ परिषद्मा पनि प्रकोप जोखिम न्यूनिकरणका लागि बजेट विनियोजन गर्ने अभ्यास थालिएको छ । 

गोष्ठीको स्थानीय विकास मन्त्रालयका उपसचिव पुरुषोतम सुवेदी,सामुदायिक वन महासंघका केन्द्रिय सदस्य भोला खतिवडा लगाएतले कार्यक्रमको सहजिकरण गर्नुभएको सबल कार्यक्रमका मोहन गौतमले जानकारी दिनुभयो । सबल कार्यक्रमले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द