सप्तरीको बोरियामा आगलागीबाट पाँच लाखको क्षति

kit
kit
1 Min Read

<p><b>पुस २०, राजविराज । </b>सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।&nbsp;<br></p><p>जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ ।&nbsp;</p><p>त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । रासस&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply