पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु/पुस २१, बैतडी । चार वर्षिय वालक सहित बैतडीको संगरपुर गाविसकी एक महिला वेपत्ता भएकी छन् ।

पुष १५ गते छोरालाई स्कुल पुर्याउन गएकी संकरपुर गाविस–५ खटालीकी २६ वर्षिय गौरी खत्रि अझै सम्पर्कमा नआएकाले खोजि गरिदिन परिवारले प्रहरीलाई आग्रह गरेका छन् ।

माईतीघर महेन्द्रनगरको झलारीमा रहेकी खत्रिका ४ वर्षिय छोरा सुभव पनि उनिसंगै सम्पर्क विहिन छन् ।

परिवारका सदस्यहरुले पुष १९ गते स्थानीय प्रहरी चौकीमा खोजिकार्यका लागि निवेदन दिएपनि अझै खत्रि सम्पर्कमा नआउदा परिवारमा चिन्ता बढेको छ । गौरीका पति डम्बरसिह खत्रि महेन्द्रनगरमा छन् ।

खत्रि दम्पत्ति लामो समहदेखि भारतको जम्भोकस्मिरमा सामान्य व्यापार गर्दै आएका थिए । दुई महिला अधि मात्र उनिहरु गृह स्थान बैतडीको संकरपुर पुगेको वेपत्ता खत्रिका जेठाज संकरसिह खत्रिले बताए ।

वेपत्ता खत्रि र उनका छोराको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख (डिएसपि) हेरम्ब शर्माले बताए ।

तस्बिरमा: बैतडीको संकरपुर गाविसकी गौरी खत्रि, छोरा सुभम खत्रि र उनका पती डम्बरसिह खत्रि । गौरी र उनका छोरा सुभम अहिले वेपत्ता छन् । तस्बिर: नरी बडु