प्रेम सुनार/पुस २२, गुल्मी । शिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीष  इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् । 

जवाफदेहीता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस २२, गुल्मी । शिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीष  इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् । 

जवाफदेहीता"/>

2026-09-01 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

डोर बिक्रम श्रीष इन्ट्याग्रीटी आइडल विजेता

प्रेम सुनार/पुस २२, गुल्मी । शिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीष  इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् । 

जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरतसंस्था एकाउन्टबिलिटी ल्याबले हरेक वर्ष घोषणा गर्दै आएको इन्ट्याग्रीटी आइडलको तेस्रो संस्करण यसपटक श्रीषले प्राप्त गर्न सफल भएका हुन् । विहिवार कार्की पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा बिजेता श्रीषलाई इन्ट्याग्रीटी आइडल २०१६ को प्रमाणपत्र प्रदान गरिएको हो ।

यसअघि निजामति कर्मचारीले मात्रै पाउँदै आएका यस उपाधि पहिलोपटक शिक्षकले प्राप्त गरेका हुन् । कुल प्राप्त ९७ हजार भोट मध्ये श्रीषले ४१ हजार बढी भोट प्राप्त गरेका थिए । सन् २०१४ मा तात्कालिन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल बिजेता भएका थिए भने सन् २०१५ मा तात्कालिन गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल बिजेता भएका थिए । 

नेपालबाट सुरु भएको यो अभियान तेस्रो संस्करणसम्म आइपुग्दा, लाईबेरीया, पाकिस्तान र मालि लगायतका देशहरुमा पनि विस्तार भैसकेको छ भने ईन्डोनेसियामा सुरु हुने प्रकृयामा रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

उत्कृष्ट पाँचमा पर्न सफल मध्येबाट भोटिङको आधारमा बिजेता घोषणा गरिएको थियो । इन्ट्याग्रिटि आइडलका लागि १५ फेब्रुअरी २०१६ बाट चार महिनाको लागि मनोनयन खुल्ला गरीएको थियो । जस अन्तरगत देशका ६७ वटा जिल्लाबाट जम्मा ८३८ मनोनयन प्राप्त भएको थियो । इन्ट्याग्रिटि आइडल ले तय गरेको पूर्व निर्धारीत मापदण्डलाई आधार बनाएर बिभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलको गठन गरी उत्कृष्ट पाँचको छनोट गरीएको थियो ।

उत्कृष्ट पाँचमा श्रीषसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप–सचिव भिष्म कुमार भुषाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, बागेश्वरी उमाबि, भक्तपुरका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा नेपाल सरकारका भुतपूर्व सचिव जिवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेका थिए ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१६ को छनोट गरिएको आयोजक एकाउन्टबिलिटी ल्याबका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली