2026-09-19 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दनपाद्वारा तेह्र करोड बढी बजेट प्रस्तावीत

नरी बडु, पुस २२, बैतडी । जिल्लाको दशरथचन्द नगरपालिकाद्वारा आर्थिक वर्ष ०७३/०७४ का लागि १३ करोड ७ लाख ३७ हजार ३ सय १२ रुपयाँ बरावरको बजेट प्रस्तावित गरिएको छ ।

शुक्रबार संघिय लोकतानित्रक गणतन्त्र स्थापना पछिको १० औँ नगरपरिषदमा उक्त प्रस्ताव गरिएको हो । चालुतर्फ ७० लाख ३२ हजार, समाजिक सुरक्षा तर्फ ४ करोड ८२ लाख १० हजार, सामुदायिक विकास कार्यक्रमतर्फ ४१ लाख ३४ हजार, दातृ निकाय (युनिसेफ) तर्फ १७ लाख ५० हजार ४ सय २५, स्वास्थ्य कर्मचारीतर्फ ६ लाख २० हजार, भवन निर्माण तर्फ ७५ लाख, सौर्य सडक बत्ति तर्फ ३३ लाख ९० हजार, नगर सरसफाईतर्फ १५ लाख ५० हजार र पुजिगत खर्च तर्फ ५ कराड ६५ लाख ५० हजार ८ सय ८७ रुपया प्रस्ताव गरिएको दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माले बताए ।

परिषदमा बार्षिक नीती तथा कार्यक्रम र बजेट बक्तव्य प्रस्तुत गर्दै कार्यकारी अधिकृत शर्माले स्थानिय निकायको विद्यमान संरचनाको हकमा यो अन्तीम नगरपरिषद हुन सक्ने भन्दै सम्भावित सवालहरु नगरक्षेत्रका क्रियाशिल राजनितीक दलका प्रमुख संगको छलफल तथा परामर्स पश्चात वजेट तथा कार्यक्रम तयार गरी प्रस्तुत गर्न लागेको वताए ।

यस्तै परिषदले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागी कुल १३ करोड ४० लाख १६ हजार अनुमानित बजेट प्रस्तावित गरिएको छ ।  जस मध्ये चालु खर्च तर्फ रु ७५ लाख ८५ हजार, समाजिक शुरुक्षा तर्फ ५ करोड, सामुदायिक कार्यक्रम तर्फ २० लाख, स्वास्थ्य कर्मचारी तर्फ ६ लाख २० हजार, भवन निर्माण तर्फ ७५ लाख, सौर्य सडक वत्तितर्फ  ४० लाख, नगरसरसफाई तर्फ १५ लाख ५० हजार र पुजीगत खर्च तर्फ रु ५ करोड ६२ लाख ६१ हजार रहेको छ ।  

परिषदको क्षेत्रगत निति तथा कार्यक्रम अन्र्तगत बाल उद्यान, पार्क भ्यू टावर, जिल्लाको गोठलापानी–साहिलेश र गडी बजारलाई मध्यनजर गर्दै निर्माणाधिन चक्रपथलाई नगरको ग्रिन बेल्टको रुपमा स्थापित गर्ने जस्ता महत्वपुर्ण योजना समावेस गरिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई