प्रेम सुनार | पुस २६, गुल्मी । होचो र सानो गाँठीका हुन्  उनि र निरोगी छन् । उमेर ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर उनको काम हेर्ने हो भने विसावाईसे उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | पुस २६, गुल्मी । होचो र सानो गाँठीका हुन्  उनि र निरोगी छन् । उमेर ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर उनको काम हेर्ने हो भने विसावाईसे उम"/>
2026-09-01 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

७४ वर्षिय बृद्धले कमाउछन् मजदुरीबाट मासिक ३० हजार

प्रेम सुनार | पुस २६, गुल्मी । होचो र सानो गाँठीका हुन्  उनि र निरोगी छन् । उमेर ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर उनको काम हेर्ने हो भने विसावाईसे उमेरका ठिठालाई परा सार्छन् ।

राती १२ वजोस् कि विहानपख दुई तिन वजे रातको समय होस् उनि विभिन्न व्यक्तिहरुको खेतमा कुलाको पानी लगाई दिन जान्छन् । अनि झिसमिसे नहुँदै एक जना युवाको ठुलो कृषि फम रहेको छ त्यसमा तरकारी टिप्ने, रोप्ने देखि नियमित सवै काम गर्ने गर्दछन् ।  त्यसरी खटे अनुसारकै कमाई हुने गरेको छ गुल्मीको अस्लेवा –५ का ७४ वर्षिय बृद्ध थानेश्वर अधिकारीको ।

युवाले दिए बृद्धलाई रोजगार

त्यो बुढेसकालमा गाँउँमै वसेर मासिक ३० हजार भन्दा बढि कमाई गर्ने अवसर मिलाई दिने युवा हुन् अस्लेवाकै २७ वर्षिय  अर्जुन कनौजे ।   २०६२ साल सम्म हातमा लौरो र टाउकोमा वाईसियलको रातो फेटा लगाएर गाउँ गाउँमा हिड्ने  अर्जुन कनौजेले शान्ति प्रकृया लगत्तै  पराम्परागत धान र मकै खेत गर्न छाडेर व्यवसायीक तरकारी खेती सुरु गरे ।

त्यति वेला उनलाई माओवादीमा लागेर जंगल पसेको मान्छे पागल भएर आए छ भन्दै छिमेकी विपक्षी दलका मानिसहरुले गिल्ली पनि गरे कनौजेलाई । तर, अहिले उनले वार्षिक २० लाखको कारोवार गर्छन भने १० लाख रुपैयाँ चोखो आम्दानी लिने गर्दछन् । उनै युवाका विश्वासिला  कामदार हुन उनै अधिकारी ।

दिनको कामले नथाकेर रातमा पनि

अस्लेवा गाउँ खेतै खेतले भरिएको विशाल फाँट भएको गाउँ हो ।  जहाँ वर्षायामको खेती देखि हिउँदे वालीको सिंचाईका लागि खेत धनीहरु विच पालो पर्छ सिचाईको । त्यही पालो छोपि दिन्छन् अधिकारीले पारिक्षमिक लिएर ।

रातीमा उठ्नु भन्दा उनै अधिकारीलाई पैसा दिएर सिंचाई गराउन सजिलो मान्छन् त्यहाँका सम्पन्न परिवार पनि । तिनै सम्पन्न परिवार विचमा छन विपन्न परिवारका अधिकारी र उनले दिन देखि रात सम्म भ्याई नभ्याई काम पाउने गरेका हुन् ।

अधिकारीले भने 

– कहिले कसो त दिनको १८ सय सम्म पनि कमाने गर्छुे सधै त्यति नै त हुँदैन् सरदर दिनको वा्रह सय कमाउने गरेको छु ।

– तिन छोरा दुई छोरीहरु छन्, हामी बुढाबुढीलाई मात्रै भए त घरको खेतीपातीले जसोतसो खान पुग्थ्यो होला, तर सवै जनालाई पुग्दैन र  ठिटाहरुले भन्दा बढि काम गर्छु ।

– तपाई बुढाबुढीको त बृद्ध भत्ता हाई हाल्छ नि , किन काम गर्नु प¥यो भनेर भन्दा उनले प्रति प्रश्न गर्दै भने–‘ काम गरेर मरिन्छ र ?  झन विरामी परिन्छ , बृद्ध भत्ताले अल्छी हुन त भएननी ? ’

उनले थपे–

एक छोरा विदेशमा अर्का छोरा भारतमा र कान्छा छोरा घरै छन् ।  अरु जस्तै बृद्धहरुले झै छोरा छोरीहरुको आशमा नबाँच्ने आफुलाई चाहना नभएको बताउने अधिकारी भन्छन् मलाई त मध्ये रातको मतलव पनि छैनु कसैले रातमा पानी लगाई दिन जाउ भन्यो भने जुरुक्क उठेर जान्छु ।

कृषि फमका मालिक कनौजे भन्छन् 

यो गाउँमा दुख र पौरख गर्ने म लगायतका युवा हौं भन्ने गर्दथ्यौ तर काममा हामीलाई उहाँले जित्नु भएको छ । बृद्ध अधिकारीले कनौजेको तरकारी फमबाट मात्रै दिनको ७ देखि ८ सय सम्मको काम गर्ने गर्दछन् । उहाँ यस फमको म्यानेजर नै हो ।

तस्वीरमा: उनै युवा कृषक अर्जुन कनौजेको टमाटर र काउली खेतीमा उभिएका उनै बृद्ध अधिकारी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली