2026-11-02 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका भूकम्प प्रभावितलाई दुई महिना बितिसक्दा पनि आएन अनुदान

पुस २७, भक्तपुर । भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा पनि अझै अनुदान वितरण सुरु नहुँदा भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन् ।

गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता सुरु भएको र सम्झौता भएकासँग पाँच दिनपछि नै अनुदान वितरण गर्ने भनिए पनि अझै अनुदान वितरण नभएपछि लाभग्राही घर बनाउन अन्यौलमा परेका हुन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरमा हालसम्म १९ हजारभन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता भए पनि रकम नआउँदा अनुदान रकम वितरण गर्न नसकेको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो–“लाभग्राहीलाई वितरण गर्ने रकम भक्तपुरमा आएकै छैन, हाललाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने र पछि वैदेशिक निकायबाट अनुदान आएपछि पूर्ति गर्नेगरी अनुदान वितरण गर्न रकम पठाउन माथिल्लो निकायमा माग गर्दा पनि रकम नआएकाले वितरण गर्न सकेनौँ ।” 

अनुदान सम्झौता भएसँगै लाभग्राहीका सूचीमा परेकाले बैंकमा खाता खोलेर अनुदानको पहिलो किस्ता पाउने आशा गरे पनि अझै रकम नआएपछि भूकम्प प्रभावितसमेत अन्यौलमा परेका छन् । रकम आउन अझै तीन महिना लाग्ने अनुमान गरिएको जिविसले जनाएको छ । 

जिल्लामा लाभग्राहीको नामावलीमा नाम छुटेको, जग्गामा समस्या आएकोलगायतका समस्या भएको भन्दै सात हजार भन्दा बढीले गुनासो दर्ता गराएका छन् । 

जिल्लामा भूकम्पपीडितको सङ्ख्या ३३ हजार ६९६ रहेको पछिल्लो तथ्याङ्क भए पनि २६ हजार १६ लाभग्राही ९भूकम्पपीडित० परिवारको विवरण पुनःनिर्माण प्राधिकरणले जिल्लामा पठाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द