प्रेम सुनार/पुस २९, गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीटक्सार गुल्मीका प्राचार्य  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस २९, गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीटक्सार गुल्मीका प्राचार्य  "/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रति दिन ३३ हजारको औषधीको भरमा सापकोटाको जिवन

२०७३, २९ पुष शुक्रबार ०६:११


प्रेम सुनार/पुस २९, गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीटक्सार गुल्मीका प्राचार्य  भिमलाल सापकोटाले नव जिवन पाउनका लागि प्रति दिन  ३३  हजार सम्मको औषधी सेवन गर्नु परेको छ ।

विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्किदै गर्दा  मंसिर ८ गते पाल्पाको अर्गेली कमलपोखरमा ब–गाडी दुर्घटना हुँदा  त्यस विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त कार्कीको  उपचारको क्रममा सोही दिन साँझा नै ज्यान गएको थियो भने प्राचार्य सापकोटा हाल सम्म काठमाण्डौको न्युरो अस्पतालमा उपचार गर्दै छन् ।  

मंसिर ९ गते  वुटवल हुँदै काठमाण्डौंको न्युरो अस्पतालमा वेहोस अवस्थामा रिफर गरिएका सापकोटा त्यहाँ भर्ना गरेको ११ दिन पछि होसमा आएमा थिए । वुटवलमा भेट्न पुगेका सारा आफन्तजनले माया मारी सकेका सापकोटाको टाउँको र शरिरका अन्य सातआठ  ठाउँमा गम्भीर चोट लागेको थियो ।

प्रतिदिन ३३ हजारको औषधीले अव खतारामुक्त भएका सापकोटा उपचारकै क्रममा रहेका छन् । न्युरो अस्पतालबाट २८ दिन पछि डिस्चार्ज भएर वानेश्वर स्थित भतिजा दधिरामको घरमा आराम गरी रहेका सापकोटा  त्यस अस्पतालमा आपत जावत उपचारको शिलशिलामा रहेका हुन् ।

गुल्मी जिल्लामा शैैक्षिक क्षेत्रका हँस्तीहरु मध्ये एक मानिने सापकोटा विगत ३० वर्ष देखि महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीमा अनवरत शिक्षक रहेका छन् भने प्रधानध्यापक र प्राचार्य सहित १६ वर्ष देखि त्यस विद्यालयको कुशल प्रशासक  रहँदै आएका छन् ।

नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष रहेका सापकोटा शिक्षक संघ गुल्मीको उपाध्यक्ष , रुद्रवती शैक्षिक विकास केन्द्र तुराङ्ग मजुवाका लगातार चार कार्यकाल देखि अध्यक्ष रहेका छन् ।  त्यस्तै रुद्रवती वहुमुखी क्याम्पस वामीका सञ्चालक समिकिा सदस्य , हिस्तान गुल्मको कक्षा ११ र १२ का विद्यार्थीको आन्तरिक परिक्षा समितिको संयोजक समेत रहेका सापाकोटा प्रति सहानुभुति प्रकट गर्नेहरुको अहिले  सम्म पनि अपार  भिड लाग्ने गरेको छ ।

वामी–३ परुवाका स्थायी वासीन्दा सापकोटा  भन्छन् –‘मैले अरु नकमाए पनि सुभेच्छुक धेरै कमाएको रहेछु । जो जसले म प्रति सहयोग र साहनुभुति प्रकट गर्नु भयो , त्यस प्रति आभार प्रकट गर्नु चाहन्छु ।’

अहिले सम्म दुई लाख भन्दा बढि रकम खर्च भई सकेको र पुर्ण स्वास्थ्य रहन अझै त्यसको दोब्बर रकम पनि लाग्न सक्ने सापकोटा भने आफ्नै मुखले  सवै संग सहयोगको अपिल गर्न चाहन्न् ।  तर उनका शुभेच्छुक व्यक्ति र संघ संस्था भने   उनको उपचारका लागि सवै संग सहयोगको अपिल गर्दछन् ।

शिक्षक युनियन जिल्ला कार्य समिति गुल्मी , शिक्षक संघ गुल्मी,  कक्षा ११ र १२ का शिक्षकहरुको संगठन हिस्तान गुल्मीले सहयोगको अपिल गरेका हुन् ।  नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारी भन्छन्–‘उहाँ आफुले नीतिगत रुपमा सहयोगको अपिल गर्न सक्नु भएको छैन तर हामीलाई थाह छ उहाँ एउटा शिक्षकको कमाई नै कति हुन सक्छ र ? यसर्थ पनि उपचार्थ उहाँलाइृ सहयोगको एकदमै आवस्यक छ र हामी सहयोगको सवै संग अपिल गदछौं । ’

शिक्षक युनियनका उपाध्यक्ष युवराज अर्यालले पनि  त्यस संगठनका अध्यक्ष सापकोटाको उपचार्थ सवै संग सहयोगको अपिल गर्दछन् । हिस्तान गुल्मीका   अध्यक्ष खेमराज अर्याल लगायतका शुभुच्छुकरुले पनि सापकोटाको मोवाई नम्वर ९८५७०३८९९७ मा सम्पर्क राखी सहयोग गर्न सवै संग अपिल गरेका छन् । द्ध

चाहने हो भने उनको पुर्व विद्यार्थीहरुले नै उनको सम्पुर्ण उपचार गर्छ व्यहोर्न सक्ने स्थानिय समाज सेवीहरु बताउ छन् ।  प्राचार्य सापकोटा अझै केहि महिना काठमाण्डौंमै बसेर उपचार गर्नु बर्ने बताउँ छन् । अहिले डाक्टरको सुझाव अनुसार एक जनाको साहरामा उनि विस्तारै हिड्ने अभ्यास गरिरहेका छन् ।

प्रस्तुत छ सहकर्मी प्रेम सुनारले उनै सापकोटा संग स्वास्थ्य अवस्थाका वारेमा टेलिफोनमा गरेको कुराकानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ