माघ २, भक्तपुर |  यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी आइतबारबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, भक्तपुर |  यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी आइतबारबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहे"/>
2026-11-02 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अब भक्तपुरबाट पनि चालक अनुमतिपत्र लिन पाइने

माघ २, भक्तपुर |  यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी आइतबारबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहेको सो कार्यालय आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्‌घाटन गरेका हुन् ।

देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उनले भने–’सवारी चालक अनुमति पत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमति पत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।’

अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५०० का दरले दिनमा २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उनले अब लामो लाइनमा बस्ने झन्झट नहुने बताए । अहिले मन्त्रालयले कार्यालय विस्तार र अर्को अनलाइन सेवालाई देशभर विस्तार गर्न लागेको बताउँदै उनले कार्यालय बढेअनुसार ट्रायल सेन्टर बढाउन पनि सुझाव दिए ।

कार्यालयमा अनियमितता रोक्न निर्देशन दिँदै मन्त्री लेखकले भने– ‘जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदोरहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।’

सचिव धनबहादुर तामाङले अब यातायात सम्बन्धी सबै काम सहज ढङ्गले हुने र जनताले दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुने बताए ।

ललितपुरमा पनि कार्यालय सञ्चालनमा ल्याइसकेको र अब केही दिनमै चाहबिलमा पनि कार्यालय सञ्चालनमा ल्याउने बताउँदै उनले उपत्यकाका चारवटै कार्यालयमध्ये जहाँबाट पनि सेवा लिन सकिने बताए ।

कार्यक्रममा यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए । यातायात व्यवस्था कार्यालयका प्रमुख अनुज घिमिरले भोलि सोमबारबाट सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने र नेपालीकरण गर्ने कार्यको सुरुवात हुने बताए ।

नयाँ अनुमतिपत्रको लागि भने कम्तीमा दुईसाता लाग्ने बताउँदै उनले कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने स्थानको खोजी गरिरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतिपत्र प्रदान गर्न कठिन भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द