माघ ५, राजविराज | सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । 

स्थानीय २५ वर्षीय मनोजकुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, राजविराज | सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । 

स्थानीय २५ वर्षीय मनोजकुम"/>

2026-11-01 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको इनरुवामा छुरा प्रहार, दुई घाइते

माघ ५, राजविराज | सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । 

स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन् । मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

यता छुरा प्रहार गर्ने मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मण्डल समेत घाइते भएकाले उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ । 

कुन कारणले छुरा प्रहार भएको खुल्न नसकेको तथा मादक पदार्थ सेवन गरेर दुवै जनाले एकापसमा छुरा प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द