2026-07-11 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मानव अधिकारको भाषण चर्को, उल्घंनको लर्को

2017-01-18

प्रेम सुनार/माघ ५, गुल्मी । आज गुल्मीको जिल्ला प्रशासन कार्यालयमा मानवअधिकारका विषयमा निकै चर्का र चिल्ला भाषणहरु भई रहँदा मानवअधिकारीको धज्जी उडाउनेहरुको विरुद्ध एक शव्द पनि उठाउन खोजिएन् ।

पौष १ गते विहान गुल्मीको अर्वेनी ५  मा ७८ बर्षका बृद्ध दलित लालबहादुर सुनारलाई गाउँ निकला गर्नेहरु एक महिना बिति सक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

स्थानिय ४३ वर्षिया एक व्राम्हण परिवारकी महिला संग उनको प्रेम सम्वन्ध रहेको आरोप लगाउँदै ति महिला र बृद्धलाई बाँधेर गाउँ डिलाउँदै अर्वेनी गाविस कार्यालयमा ल्याई पुर्व पतिबाट छोडपत्र र ति बृद्ध संग वैवाहिक सम्वन्ध स्थापित गराउँदै जंगल तर्फ लगार्ने ति महिलाका भतिजा चिन्तामणी न्यौपाने र त्यस गाविस कार्यालय सहायक झविलाल न्यौपानेले जवरजस्ती आंैठा छाप लगाउन लगाई गाउँ निकला गराएका थिए ।

घर समेत भत्काउन लगाएर गाउँ निकाला गरेका ति दुई जना विरुद्ध सार्वजानिक अपराधको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिए पनि प्रहरीले उनिहरुलाई पक्राउ गर्न  सकेको छैन्  ।  जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले उनिहरु घर देखि फरार रहेकोले पक्राउ गर्न नसकिएको बताउँदै आएका छन् ।

मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय वुटवलले गुल्मीको जिल्ला प्रशासन कार्यालय सभाहलमा  मानवअधिकार राष्ट्रिय कार्य योजना कार्यन्वयनका विषयमा अन्तकृया कार्यक्रमको आयोजना गरेको थियो । जहाँ  वुटवलका प्रमुख बसद्धनारायण साहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाको अध्यक्षता रहेको थियो भने उपक्षेत्रिय कार्यालयका अधिकृत कृष्णप्रसाद ढुङ्गानाको सहजकरण रहेको थियो । बर्सेनी मानव अधिकारका विषयमा ओपचारिक कार्यक्रममा भाषण चर्को भए पनि मानव अधिकार उल्घंनका घटना भने बढ्दै गएका छन् ।

कुट पिट गाली वेईजती सामन्य मानिदै छ । कार्यन्वयन पक्ष खुकुलो बनाउने भाषण भने चर्को बनाउनुको कुनै अर्थ नरहने  ईन्सेक गुल्मीका जिल्ला प्रतिनिधी टोपलाल अर्यालको प्रतिकृया थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट