२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका भूकम्पपीडितको गुनासो- ‘खातामा पैसा आएन’

२०७३, ६ माघ बिहीबार ०८:५३

माघ ६, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका विक्रम श्रेष्ठले थिमिस्थित वाणिज्य बैंकमा खाता खोलेको दुई महिना बित्यो । 

भूकम्पपीडितको लाभग्राही सूचीमा परेपछि अनुदान सम्झौता गरेलगत्तै एकसातामै रकम पहिलो किस्ताको रु ५० हजार खातामा पठाइदिने भनेपछि हतारिएर खाता खोले पनि अझै रकम नआउँदा निराश भएका छन् । 

विगत २१ महिनादेखि जस्ताको टहरामा बस्दै आएका श्रेष्ठ परिवार अनुदान आउने टुङ्गो नलागेपछि जग्गा बिक्री गर्ने निर्णयमा पुगेका छन् । सरकारले अनुदान दिएपछि घर बनाउन सुरु गरौँला भनेर बसेका भक्तपुरका आधाभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको रकम कहिले वितरण गर्ने भन्ने टुङ्गो नलागेपछि निराश भएका हुन् । 

नगरकोट नगरपालिका ताथलीका रोशन गिरीको परिवार अनुदानको आशामै रहेर घर बनाउन सुरु नगरेको बताउँछन् । उहाँ भन्नुहुन्छ – “अनुदान वितरण सुरु गरेपछि घर बनाउन सुरु गरौंला भनेर बसेका छौँ, तर खै कहिले आउँछ पत्तो छैन, घर नबनाई यसवर्षको जाडो पनि बित्ने भो ।” 

सरकारले दिने अनुदानले मात्रै घर बनाउन नपुग्ने भएपछि धेरै भूकम्पपीडितले जग्गा बिक्री गर्न थालेका छन् । सरकारले दिएको अनुदान रकममा थप गरेर घर बनाउने योजनामा पुगेका कतिपय भूकम्पपीडितले अनुदान आउनुअघि नै घर बनाए अनुदान रकम नै नपाइएला भन्ने डरले घर नबनाइ बसेका छन् । 

सिपाडोलका भूकम्पपीडित रामशङ्कर श्रेष्ठले सरकारले दिने अनुदान रकम लिन बैंकमा खाता खोलेको दुई महिना बिते पनि रकम नआएपछि घर बनाउन जग्गा बिक्री गरेको बताउनुभयो । 

भक्तपुरमा सुरुमा ३३ हजार ६९६ परिवार भूकम्पपीडित रहेको तथ्याङ्क रहे पनि पुनः सर्वेक्षणमा पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेका २६ हजार १६ परिवारको विवरण जिल्लामा पठाएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न अख्तियारी पाए पनि वैदेशिक सहायताको रकम फुकुवाको निकासा आउन ढिला हुँदा पहिलो किस्ताको अनुदान पनि वितरण गर्न नपाएको स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले बताउनुभयो । 

जतिसक्दो छिटो रकम निकासा गर्न ताकेता गरेको बताउँदै उहाँले अब केही दिनभित्रै निकास आउने र रकम वितरण गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने