2026-07-11 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा सात लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

माघ ७, भक्तपुर । भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ । 

प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताउनुभयो । 

जुवा खेलाउने रिसोर्ट सञ्चालकसहित अन्य १८ जनालाई भने आजै मुद्दा चलाएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट