माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दि"/>

2026-09-12 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

अढाई वर्षकी छोरीसहित श्रीमती वेपत्ता, विदेशमा रहेका श्रीमान् तनावमा

माघ १०, जनकपुर । धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।  

ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाईसँगै लिएर घरभन्दा केही पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजदिन अस्थायी प्रहरीचौकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो ।

बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता निर्मलाका श्रीमान् श्रवण साह लहेरी वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान् श्रवण विदेशमा तनावमा छन् ।  

उहाँले  विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केही दिनअघि एकजना मोटरसाइकलमा सवार व्यक्तिले केही कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिर्काएकी बताउनुभयो । 

त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसँग आग्रह गर्नुभयो । श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो । 

यता बटेश्वर प्रहरी चौकीले निर्मलाका ससुराले निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस