2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राणाकालमा स्थापना भएको बैतडीको एक विद्यालयमा पठनपाठनमा समस्या

माघ १३, बैतडी । राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागि कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । 

करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताइन्। ‘एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि बस्नेले पढाएको नसुन्ने खाली हल्ला मात्रै हुन्छ’ उनले भनिन् ‘कोही झ्यालमा बस्छौं, पछाडिका भने डेस्कमा बस्छौं।

छात्रा पोखरेलले भनिन् ‘ठूलो कोठामा पढाइ हुने भएकाले आवाज थर्किएर आउने हुँदा बुझिदैन।’

कक्षा ६ देखि नै विद्यार्थीको चाप बढी भए पनि विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिए।

कक्षा ६ देखि १० सम्म दुई/दुई समूह बनाई पठनपाठन भइरहेको छ, कक्षा ११ र १२ मा दुई/दुई समूह बनाउन कक्षाकोठाको अभाव छ । हाल कक्षा ११ र १२ मा गरी २५० विद्यार्थी छन् प्रधानाध्यापक कलौनीले भने ‘जिल्ला शिक्षा कार्यालयमा पटकपटक भवनका लागि माग गरेपनि कुनै चासो देखाएन।’

विद्यालयसँग आर्थिक अभाव हुँदा भवन निर्माण गर्न नसकिएको बताउँदै उनले भने ‘१५० विद्यार्थीलाई एउटै कोठामा पठनपाठन गराउँदा समस्या हुने गरेको छ।’

मेलौली गाविससँग आर्थिक सहयोग मागेकामा छिट्टै टिनको टहरा बनाएर पठनपाठन गराउने तयारी भइरहेको प्रधानाध्यापक कलौनीले जानकारी दिए। कक्षा १० मा गत सालदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित गरेसँगै कक्षा ११ मा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा विसं २०५१ देखि कक्षा १२ सम्मको पढाइ हुँदै आइरहेको छ। हाल उक्त विद्यालयमा मेलौली, विशालपुर, शिवनाथ र महारुद्र गाविसका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

तल्लोस्वराडको मुख्य केन्द्रको रुपमा सो विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायका साथै प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङको समेत पढाइ हुने गरेको छ ।

विज्ञान सङ्काय तथा सिभिल इन्जिनियरिङका लागी बैतडीलगायत जिल्ला बाहिरबाट समेत अध्ययनका लागि आउने गरेकाले कक्षाकोठाको अभाव हुँदै आउँदा समस्या भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगिरहेका बेला मणिलेक माविमा विद्यार्थीको चाप बढी रहेर पठनपाठनमा समस्या आउँदा समेत जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदिएको विद्यालयको गुनासो छ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले भने ‘मणिलेकमा भवन निर्माण हुनु आवश्यक भएकाले आगामी वर्ष ब्लक उपलब्ध गराइने छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई