२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

एकीकृत नमुना बस्तीको निर्माणसँग मुसहर समुदायको दिनचर्या बदलियो

२०७३, १५ माघ शनिबार ०४:४३

गोपाल प्रसाद बराल, माघ १५, बर्दिवास । महोत्तरीको बर्दिवास–२ को मुसहरी टोल मनकारी मन पाएर फेरिने तरखरमा छ । तराईमा शिक्षा, स्वास्थ्य र राज्यबाट पाउनु पर्ने अन्य अवसरबाट बेखबर रहेको मुसहरी टोललाई नमुना बस्ती बनाउन झरेका हास्य कलाकार धुर्मुस–सुन्तलीको साथ पाएर यो बस्ती फेरिने तरखरमा देखिएको हो । 

गत पुस २५ गते एकीकृत नमुना मुसहर बस्ती निर्माणको काम सुरु भएसँगै यहाँ बन्दै गरेका पक्की घरसँगै मुसहरको दैनिकी पनि फेरिएको छ । प्रत्येक दिन उज्यालो हुनासाथै धुलोमा लडिबुडी गर्दै हुल बाँधेर मुसा खोज्न निस्कने मुसहर बालबालिका अब दैनिक कामको तालिका नै बनाएर पढाइका लागि विद्यालय जान थालेका छन् । मुसहरी टोलबाट पढ्न आउने बालबालिकाको सङ्ख्या ७० नाघेको सो बस्तीबाट १०० मिटरको दूरीस्थित जनता माध्यमिक विद्यालय बर्दिवासका प्रधानाध्यापक नारायण अधिकारीले जानकारी दिनुभयो । 

एकाबिहानै सामुदायिक घरमा भेला भएर पछिल्लो दिनको विद्यालयमा शिक्षकले दिएका गृहकार्यबारे आपसी छलफल गर्ने, सबै जम्मा भएर विद्यालय जाने र दैनिकीमा छुट्याइएको खेल्ने समयमा आ–आफ्नो रुचिअनुसार फुटबल, लुँडो र बुद्धिचाल खेल्ने मुसहर बालबालिकाले नयाँ बानी बसालेका छन् । बालबालिकाको दैनिकीमा आएको परिवर्तनसँगै उनीहरुका अभिभावकले पनि शौचालयमा दिसापिसाब गर्ने, दतिवनले दाँत माझ्ने र आयआर्जनका कामलाई महत्व दिन थालेका मुसहर बस्तीकै नजिकका स्थानीय सामाजिक कार्यकत्र्ता चूडामणि पौडेल बताउनुहुन्छ । 

आफ्ना हकहित र अधिकारका कुरामा पूरै बेखबर रहेर एकाबिहानैदेखि रक्सी खाएर लठ्ठिने मुसहर अब आफ्ना आवश्यकताबारे नगरपालिका कार्यालयसहितका सम्बद्ध कार्यालयलाई झक्झक्याउन थालेका छन् । धुर्मुस–सुन्तलीको सङ्गत भेट्टाएका मुसहरमध्ये धेरैजसोले रक्सी खान पिउन नै छाडेका नजिकबाट यो बस्तीलाई नियाल्दै आएका पत्रकार राजकरण महतोको भनाइ छ । 

मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माणको काम थालिएयता त परियोजना स्थलमा रक्सी र सुर्तिजन्य धूमपान प्रयोग गर्नै नपाइने नियम नै बसाइएको मुसहर आफैँ बताउँछन् । “अब नमुना बस्ती बनिरहेको ठाउँमा रक्सी, बिडी, चुरोट र सुर्ति खान पाइँदैन,” बस्तीका अगुवा बिल्टु सदा मुसहरले नयाँ नियम बसाइएको जानकारी दिँदै भन्नुभयो– “हाम्रा लागि पक्की घर बनिरहेसँगै हामीले मन पनि पक्की बनाउँदै छौँ ।” 

नमुना बस्ती निर्माणको परियोजना स्थलमा मुसहरकै सहमतिमा आचारसंहिता बनाइएको छ । स–साना नानीहरु र उनीहरुका अभिभावकका लागि बनाइएको आचारसंहिताको अनुगमन अब मुसहर समुदायकै किशोर र युवाले गर्ने गरेका नमुना बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । “खुला शौच गर्न नपाइने, परियोजनास्थलभित्र जाँडरक्सी खान नपाइने र धूमपान गर्न नपाइने नयाँ नियमको मुसहर किशोर र युवाले नै अनुगमन गर्न थालेका छन्,” परियोजना प्रबन्धक न्यौपानेले भन्नुभयो – “बस्ती निर्माणको काममा समेत मुसहर समुदायले उत्साहपूर्वक सहयोग गरिरहेका छन् ।” 

आउने नयाँ वर्ष ९१ वैशाख २०७४० का दिन बस्ती मुसहरलाई हस्तान्तरण गरिने घोषणाका साथ फाउन्डेसनले थालेको निर्माण कार्यको अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि बनाइने ५० घरमध्ये ४६ वटा घरको जग बाँध्ने काम सकिएको प्रबन्धक न्यौपानेले बताउनुभयो । सडक, बिजुली, खानेपानी र घरघरमै शौचालय सुविधासहितको निर्माणाधीन नमुना बस्तीमा ५० घरका अतिरिक्त मुसहर जातिका कुल देवता मन्दिर, बाल उद्यान र दुईवटा सार्वजनिक शौचालय पनि निर्माण हुँदैछन् । गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेका नमुना बस्ती निर्माणमा रु चार करोड ७८ लाख खर्च लाग्ने बताइएको छ । 

बर्दिवासको मुसहर बस्तीमा बढेको शिक्षा, स्वास्थ्यबारेको सचेतनाको सकारात्मक प्रभाव जिल्लाका अन्य मुसहर बस्तीमा पनि बढेको छ । आफ्नै नाता सम्बन्धका बर्दिवासको मुसहर बस्तीमा नानी विद्यालय पढ्न जान थालेका देखेपछि छिमेकको भङ्गाहा–४ को मुसहर बस्तीका अगुवा जुगल सादा मुसहरले घरघरमै छोराछोरी विद्यालय पठाउन अभियान नै थाल्नुभएको छ । 

जिल्लाका बर्दिवास, भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, सोनामाई, भटौलिया, गौशाला, फुलकाहा, धमौरा, बगडा, लोहारपट्टी र खुट्टापिपराढीसहितका नपा र गाविस बस्तीमा ३३ हजार मुसहर बसोबास गर्दछन् । मुसहरको यो जनसङ्ख्याभित्र एसएलसी उत्तीर्ण गरेका भने अझै १५ जना नाघ्न नसकेका जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा