माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगक"/>

2026-11-02 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इँटाभट्टाको कालो धुवाँले भक्तपुरमा उच्च प्रदूषण

माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँका बस्तीसमेत कालाम्मे हुने गरेका छन् । 

प्रदूषणका कारण तरकारीलगायत नगदे बालीको उत्पादनसमेत निकै घटेको छ भने तरकारीका पात तथा काउलीमा कालो लेदो जम्ने गर्दा तरकारीको बिक्री समेत घटेको बताइएको छ । 

धोएर सुकाएको सेता लुगा कालो हुने गरेको गुनासो स्थानीयबासीको छ । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदूषण केही घटे पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी आधा ओट्याएर सानो बनाएपछि कालो धुवाँ जमिनको सतहमै फैलिने हुँदा समस्या सिर्जना भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलका अर्जुन कार्कीले इँटाभट्टाको कालो धुवाँले श्वास फेर्नै गाह्रो हुने बताउँदै इँटाभट्टाले कोइला हाल्दा सिधँै कोइला बलेको गन्ध आउँदा गाउँमा बिरामी बढेको बताए । 

सूर्यविनायक नगरपालिका चित्तपोलका सुुमन थापाले भन्नुभयो–“समथर जमिनमा इँटाभट्टा सञ्चालन भएका छन्, भट्टाका धुवाँ सिधैँ गाउँभरी फैलिन्छ, बिहान उठ्ने वित्तिकै कोइलाको गन्ध लिएर श्वास फेर्नुपर्छ, घरको छानोदेखि लुगासम्म कालाम्य हुनेगर्छ ।” 

चाँगुनारायण नगरपालिका झौखेलका राजाराम श्रेष्ठले इँटाभट्टाको धुवाँले तरकारी उत्पादन घट्नुका साथै बजार नपाएको गुनासो गर्नुभयो । इँटाभट्टाको धुवाँ तरकारीमा पर्ने र बिहानको शीतले कालो धुवाँ तरकारीको पात एवम् काउलीलगाउतको गोभीमा जम्ने गर्दा तरकारीको बिक्री नै घटेको बताउनुभयो । 

चाँगुनारायण दुवाकोटका शिवहरी शर्माले तरकारीमा कालो लेदो जम्ने गरेकाले तरकारी खान र बिक्री गर्न नसकेको बताउँदै तरकारीको उत्पादन समेत घटेको गुनासो गर्नुभयोे । 

भक्तपुर जिल्ला अस्पतालका अनुसार धुवाँकै कारण दमको बिरामी बढेका छन् । पछिल्लो समयमा छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउँको दुख्ने जस्ता निकोटिनका कारणबाट देखिने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । 

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले घरेलुमा दर्ता भएर नियम सङ्गत रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । अवैध रुपमा सञ्चालित केही इँटाभट्टाले मापदण्ड पूरा नगर्दा कालो धुवाँ फालेको हुनसक्ने बताउँदै उहाँले अन्य इँटाभट्टाले कालो धुवाँलाई प्रशोधन गरेर फाल्ने प्रविधिसमेत जडान गरेकाले समस्या नआएको बताउनुभयो । 

इँटाभट्टाको अनुगमन गर्ने निकायका रुपमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले भने यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द