सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्याल"/>

2026-07-11 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको बहानेमा सरकारी सेवा

2017-01-30


सागर शर्मा/माघ १७, प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा गाउँ पुगेको एकिकृत घुम्ति शिबिरमा जिल्लाका सबै कार्यालयहरुले आ–आफ्ना कार्यालयका सेवा प्रवाह गराएका थिए ।

शिविरमा जिल्ला प्रशासन कार्यालय,  कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय,जिल्ला आर्युबेदिक कार्यालय,महिला तथा बालबालिका कार्यालय  जिल्ला स्वास्थ्य कार्यालय लगायतका सरकारी कार्यालयहरुले आ आफ्ना सेवा उपलब्ध गराएका थिए ।

शिबिरमा उत्तरी प्युठानका दुर्गम गाबिसहरु फोप्ली,डाम्री, लिघा, खबाङ, स्याउँलिबाङ र लुङ गरि  ६  गाविसका सेवाग्राहीहरुले  जिल्ला सदरमुकामबाट हुने सेवाहरु सहज ढंगले पाएका थिए । गाउँमै यसरी सेवा पाउँदा सर्वसाधारणलाई सहज भएको र सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताए।

दुई दिन सम्म संचालन गरिएको  शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ४ सय ९८ जनालाई नागरिकता वितरण गरिएको थियो भने ५५ जनाले जेष्ठ नागरिक परिचय पत्र २७ जनाले अपाङ्ता परिचय पत्र, ३ सय १९ जना विभिन्न रोगका बिरामीलाइ निशुल्क स्वास्थय जाँच तथा निशुल्क औषधि सेवा प्रदान गरिएको थियो । 

त्यस्तै ७ सय ४ जना कृषकलाइ कृषि सम्बन्धी परामर्श तथा बीउ बिजन वितरण गरिएको थियो भने ३ हजार ४ सय ७ जना कृषकले पशुजाँच तथा औषधि र  १ सय ५१ जनाले आयुर्वेद सेवा लिएको  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।


एकिकृत घुम्ती शिविरका अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट खानेपानी समबन्धी बुरसियर प्रदर्शनी समेत गरिएको थियो । शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता महिला तथा बालबालिका कार्यालयबाट  जेष्ठ नागरिक परिचय पत्र र अपाङ्ता परिचय पत्र, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्बेद कार्यालयबाट निशुल्क स्वास्थ जाँच तथा निशुल्क औषधि सेवा,जिल्ला कृषि बिकास र पशुसेवा कार्यालयबाट कृषि तथा पशु सम्बन्धी परामर्श,औषधि र विभिन्न बिउबिजन प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

उहाका अनुसार नागरिकलाई राज्यको पहुँच सहज ढंगले पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको हो । गाउँमै सहज ढंगले सेवा पाएपछि दुर्गम गाउँका सयौ सर्वसाधारणहरु लाभान्वित भएका छन् । 

सानो काम लिएर जिल्ला जाँदा घेरै झण्झटका साथै समय लाग्ने भएकाले गाउँमै सहज सेवा पाउँदा आँफूहरुलाई खुशि लागेको स्थानीयहरुले बताए । घुम्टी शिबिर जिल्लाका अन्य इलाकामा पनि संचालन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या