२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियोकर्मीद्वारा आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

२०७३, १९ माघ बुधबार ०९:२९

माघ १९, सोलुखुम्बु । दूधकुण्ड नगरपालिका–६ सोलुखुम्बुका आगलागी पीडितलाई गल्देन शेर्पालाई सोलु एफएमले सङ्कलन गरेको रु एक लाख ३१० सहयोग रकम हस्तान्तरण गरिएको छ । 

सोलु एफएफमा कार्यरत रेडियोकर्मीको सक्रियतामा नगरपालिका–६ दोर्पुबजारदेखि फाप्लुसम्म गरिएको राहत सङ्कलन रु ९१ हजार ३१० र एफएम सञ्चालक संस्था योङ स्टार क्लबको तर्फबाट सङ्कलित रु नौ हजारको चेक गरी रु एक लाख ३१० सहयोग रकम पीडितलाई प्रदान गरिएको हो । 

सोलु एफएमका पूर्व कार्यक्रम प्रस्तोता तथा योङ स्टार क्लबका सदस्य पशी शेर्पा गल्देन शेर्पाका छोरी हुनुहुन्छ । शेर्पाको गत माघ ९ गते मध्याह्न विद्युत् सर्ट भई आगलागी हुँदा तीनतले घर जलेर नष्टभएको र त्यसमा नगद रु ५० हजारसहित तीस लाख बराबरको क्षति भएको थियो । राहत प्राप्त गरेपछि खुसी व्यक्त गर्दै शेर्पाले प्राप्त रकमले टहरा निमार्ण गरी आफ्नो बसाई व्यवस्थापन गर्ने बताउनुभयो । 

यसैगरी योङ स्टार क्लबका सदस्य भूकम्प प्रभावित दोर्पुका खड्गराज भण्डारीलाई रु ५० हजार आर्थिक सहयोग गरिएको छ । रकम अभावका कारण घर बनाउन नसकेका राजभण्डारी पालमै बस्दै आउनुभएकाले क्लबले रु ५० हजार सहयोग गरेको अध्यक्ष वुद्धिनारायण श्रेष्ठले बताउनुभयो । चेक बुझ्दा भक्कानिनुभएका राजभण्डारीले अब घर निर्माण गरी बस्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु