सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्"/>

2026-11-02 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पत्रकार महासघं प्युठानको बैठक सम्पन्न, छैठौ अधिबेशन फागुन १२ मा


सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा अधिबेशन गर्ने निर्णय गरेको हो।

अधिबेशन सफल पार्न बैठकले बिभिन्न उपसमिती समेत गठन गरेको छ। जस अनुसार प्रचारप्रसारका लागि नोमराज पौडेल संयोजक रहेको ११ सदसिय प्रचार प्रसार समिती गठन गरिएको छ। जस्मा  केशर रोका,सुजल श्रेष्ठ,सलिम अन्सारी,सिटि पोख्रेल,लोकेन्द्र सुनार,जुमान सिंं केसि, शसिधर भण्डारी, एलिसा बस्नेत,सृजना सेन र नर्मदा भट्ट सदस्य रहेका छन ।

 अधिवेसनमा निर्वाचनका लागि  डा.शिबराम पण्डितको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा खुम बहादुर थापा र राम प्रसाद पौडेल जल रहनुभएको छ ।

त्यसैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटकोलागि पनि  सम्मान तथा पुरुस्कार छनौटउपसमिति गठन गरेको छ ।  नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष गिरु प्रसाद भण्डारिको संयोजकत्वमा महासंघका पुर्ब अध्यक्ष सुशील पोख्रेल र संजय रिजाल सदस्य रहेको ३ सदस्यीय उक्त समिति गठन गरिएको हो ।

त्यस्तै महासंघको आगामी नेतृत्व सर्बसहमत बनाउन आवाश्यक छलफल र गृहकार्यका लागि सुशील पोख्रेल संयोजक्तवमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ।कार्यदलमा अग्रज पत्रकार इमानसिहँ भारती र गिरुप्रसाद भण्डारी सदस्य रहेको अधिबेशन मुल आयोजक समितिले जनाएको छ ।

 पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकारका साथै जिल्लामा कृयाशिल पेशागत संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बिशेष उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द