2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

देविस्थान क्षेत्रमा सञ्चार माध्यमको पहुँच नपुगेको व्यवसायीको गुनासो

माघ २३, प्यूठान । देविस्थान बजार ईलाकाका ब्याबसायिहरुले उद्योग ब्यवसायको समस्या समाधान गर्न सञ्चार माध्यमले भुमिका खेल्न आग्रह गरेका छन् । 

प्यूठान उद्योग वाणिज्य सघंको आयोजना तथा रेडियो स्वर्गद्धारिको समोन्वयमा भएको उद्योग ब्यवसाय क्षेत्रका सम्भावना चुनैती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा ब्यवसायीहरुले देविस्थान क्षेत्रमा हालसम्म सञ्चार माध्यमको पहुच नपुगेको भन्दै गुनासो समेत गरेका छन् । 

पहिलोपटक देविस्थान वजार इृलाकामा रेडियो स्वर्गद्धारिको प्रसारण पुगेको भन्दै देविस्थान वजार ईलाकाका अध्यक्ष खेम वस्नेतले ब्यवसायीहरुको समस्या समाधानमा रेडियोले

भुमिका खेल्नुपर्नेृ वताउनु भयो । कार्यक्र्ममा ब्यवसायीहरुले प्यूठान लगाएतका जिल्लाले आफुलाई आवश्यक पर्ने दैनीक उपभोग्य सामानहरु आयात गर्दा दाङ्गले लगाउदै आएको अनाघिकृ करको वारेमा पनि स्थानीएहरुले उद्योग वाणिज्य सघंलाई  यसको छिटोभन्दा छिटो निकास निकाल्न आग्रह गरेका छन् ।

स्थानीय ब्यापारि तथा सर्वसाधारणहरुको जवाफ दिदै प्यूठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञामुराम न्यौपानेले दाङ्ग जिल्लाले अनाधिकृत रुपमा लगाउदै आएको करको वारेमा धेरैपटक सम्वन्धित निकायलाइ जानकारि गराएपनि सुनुवाई नभएको र अन्तिममा आएर आफुहरु अदालतको वाटो रोजेको वताउनु भयो । 

दाङ्गले लगाउदै आएको अनाधिकृत करको वारेमा प्यूठान लगाएत रोल्पा सहितका जिल्लाहरुले सास्ति खेप्नुपरेको भन्दै अध्यक्ष न्यौपानेले यस समस्याको समाधान धेरै पहिलेदेखि खोजीएपनि समाधान हुन नसकिरहेका वेला आफ्नो कार्यकालमा यसलाई समाधान गरेरै छाड्ने बताउनु भयो ।

कार्यक्रममा प्यूठान उद्योग वाणिज्य सघंका कोषाध्यक्ष रामचन्द्र पौडेल, कार्यकारि निर्देशक झपेन्द्र शर्मा, पत्रकार विजयशिहं भारती,लगाएतले ब्यवसाय क्षेत्रका समस्या सम्भावना र चुनौती विषयमा स्थानीए सगं सवाल जवाफ गर्नुभएको थियो । एलिसा बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द