अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने ए"/>
2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालविवाह, दाईजोप्रथा अन्त्य गर्न सामाजिक र पारिवारिक शिक्षामा जोड

अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले छलफलबाट निष्कर्ष निकालेकाछन् ।

नेपाल पिछडावर्ग (ओबिसी) महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्ला विकास समिति उदयपुरको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार आयोजना गरिएको मधेशी, मुस्लिम, पिछडावर्ग लक्षित कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो, बोक्सी प्रथा लगायतका अन्धविश्वास विरुद्ध एक दिवसीय सचेतना गोष्ठीका सहभागीले छलफलबाट सो निष्कर्ष निकालेका हुन् ।

ओबिसी महासंघ जिल्ला शाखा उदयपुका अध्यक्ष हिरा ठाकुरको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण गर्दै मधेशी अगुवा अजयकुमार साहले बालविवाह दिनानुदिन घटनुको सट्टा बढ्दै गएकोले अब यसको न्युनिकरणका लागि परिवार र समाजबाटै पहलहरु अगाडी बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

गोष्ठीका सहजकर्ता साहले मधेशी समुदायमा अधिकाँश कलिलै उमेरमा छोरीको विहे गर्ने चलन फष्टाउँदै गएकोले उनिहरु उच्च शिक्षा बाट बञ्चित हुनुका साथै स्वास्थ्य समस्यामा समेत घेरिने गरेको उदाहरण समाजमा प्रसस्त रहेको बताउनुभयो । साहले दाईजो प्रथा विगतमा मधेशी समुदायमा साँस्कृतिको रुपमा विकसित भएकोमा अब शिक्षित युवा जमातले यस्तो कुप्रथालाई निरुत्साहित गर्दै लगिरहेको बताउनुभयो ।

कार्यक्रममा मधेशी समाज उदयपुरका उपाध्यक्ष खेमनारायण यादव, ओबीसीका योगनारायण साह, कालीचरण यादव, राजकुमार शर्मा, रुपम गुप्ता लगायतले आफनो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द