Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बालविवाह, दाईजोप्रथा अन्त्य गर्न सामाजिक र पारिवारिक शिक्षामा जोड

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले छलफलबाट निष्कर्ष निकालेकाछन् ।

नेपाल पिछडावर्ग (ओबिसी) महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्ला विकास समिति उदयपुरको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार आयोजना गरिएको मधेशी, मुस्लिम, पिछडावर्ग लक्षित कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो, बोक्सी प्रथा लगायतका अन्धविश्वास विरुद्ध एक दिवसीय सचेतना गोष्ठीका सहभागीले छलफलबाट सो निष्कर्ष निकालेका हुन् ।

ओबिसी महासंघ जिल्ला शाखा उदयपुका अध्यक्ष हिरा ठाकुरको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण गर्दै मधेशी अगुवा अजयकुमार साहले बालविवाह दिनानुदिन घटनुको सट्टा बढ्दै गएकोले अब यसको न्युनिकरणका लागि परिवार र समाजबाटै पहलहरु अगाडी बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

गोष्ठीका सहजकर्ता साहले मधेशी समुदायमा अधिकाँश कलिलै उमेरमा छोरीको विहे गर्ने चलन फष्टाउँदै गएकोले उनिहरु उच्च शिक्षा बाट बञ्चित हुनुका साथै स्वास्थ्य समस्यामा समेत घेरिने गरेको उदाहरण समाजमा प्रसस्त रहेको बताउनुभयो । साहले दाईजो प्रथा विगतमा मधेशी समुदायमा साँस्कृतिको रुपमा विकसित भएकोमा अब शिक्षित युवा जमातले यस्तो कुप्रथालाई निरुत्साहित गर्दै लगिरहेको बताउनुभयो ।

कार्यक्रममा मधेशी समाज उदयपुरका उपाध्यक्ष खेमनारायण यादव, ओबीसीका योगनारायण साह, कालीचरण यादव, राजकुमार शर्मा, रुपम गुप्ता लगायतले आफनो मन्तव्य राख्नुभएको थियो ।