Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विरगंजमा फोरम नेपालको मोटरसाइकल र्‍याली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, विरगंज | संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिको आयोजनामा आज विरगंजमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष लखन लाल गुप्ताको नेतृत्वमा विरगंजको घन्टाघर बाट सुरु भएको उक्त मोटरसाइकल र्‍याली नगर परिक्रमागरि फोरम नेपालको श्रीपुर स्थित पार्टी कार्यालय पुगी चियापान कार्यक्रममा परिणत भएको थियो ।

उक्त र्‍यालीमा सयौ नेता तथा कार्यक्रताको सहभागिता रहेको समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

भोलि (शुक्रवार) देखि हुन लागेको पार्टीको पहिलो जिल्ला अधिवेशन तथा आमसभाको प्रचार – प्रशारको लागि उक्त मोटरसाइकल र्‍याली निकालिएको उपाध्यक्ष लखन लाल गुप्ताले बताए ।

मोटरसाइकल र्‍यालीमा संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिका उपाध्यक्ष प्रभु चौरसिया, सचिव सन्तोष सर्राफ, कोषाध्यक्ष ओमप्रकाश सर्राफ, समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य शुसिल साह कानु, १३ न. वार्डका एकाइ सचिव रोहित वर्णवाल लगायात नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

संघिय समाजवादी फोरम नेपालको प्रथम जिल्ला अधिवेशन भोलि बाट विरगंजमा सुरु हुनेभएको छ, २ दिन सम्म चल्ने उक्त अधिवेशनलाइ पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि (शुक्रवार) श्रीपुर स्थित लाल बंगलाको परिसरमा विशाल आम सभा हुने भएको छ र विरगंजको नगर सभा गृहमा पर्सि बन्द सत्र कार्यक्रम हुने भएको छ ।