Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २८ गते, बिहान ९:५७ बजे
भक्तपुर - BKT

मूर्ति चोरी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, भक्तपुर । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । 

करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उहाँले बताउनुभयो ।