पढ्न करिब 2 मिनेट लाग्छ

सागर शर्मा | फागुन १, प्युठान | जिल्ला पशु सेवा कार्यालय प्युठानको आयोजना र सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा सनिवार माझकोट गाविसको वडा नं ७ मा स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

जिल्ला पशु सेवा कार्यालय प्युठानको वार्षिक कार्यक्रम तथा घरदैलोमा पशु सेवा कार्यक्रम अन्र्तगत उक्त सिविर भएको जिल्ला पशु सेवा कार्यालय प्युठानका प्रमुख डा. सरण कुमार पाण्डेले जानकारी दिनुभयो ।

माझकोट गाविसमा पहिलो पटक आयोजना गरिएको पशु स्वास्थ्य सिविरमा १ सय ३६ घरपरिवार लाभाम्वीत भएका छन् । शिविरमा २ सय ६५ गाई गरु, २ सय ७३ रागा भैसी, ६ सय ७२ वाख्रा र ५ सय १५ कुखुराहरुको लागी विभिन्न औषधिहरु जस्तै आन्तरिक र वाहय परिजिवि नियन्त्रण भिटामिन मिनरल हरु वितरण गरिएको थियो । सिविरमा ल्याईएका पशुहरुको प्रत्यक्ष रुपमा उपचार गरिएको थियो । शिविरमा पशुपालन सम्वन्धि आवश्यक प्राविधिक पक्षको वारेमा जानकारी गराईएको थियो ।

सिविर जिल्ला पशु सेवा कार्यालय प्युठानका प्रमुख डा सरण कुमार पाण्डे लगाएत ७ जना टोली को उपस्थितीमा सम्पन्न भएको थियो । साथै सेवाको पहुच नपुगेका पशुपालक कृषकहरुलाई लक्षित गरि घरदैलोमा पशु सेवा कार्यक्रमको निरन्तरता स्वरुप आगामी दिनमा पशु स्वास्थ्य शिविरहरु अन्य स्थानमा पनि सञ्चालन गरिने लक्ष्य लिएको जिल्ला पशु सेवा कार्यालय प्युठानले जनाएको छ ।