बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास सम"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कर्मचारीद्धारा स्थानिय निकायका काम ठप्प

२०७३, १ फाल्गुन आईतवार ११:४१


बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास समिति, नगरपालिका र गाविस कार्यालयहरुको काम ठप्प पारेका हुन् ।

संयुक्त संघर्ष समिति प्यूठानले स्थानीय निकायका कर्मचारीहरुको मागको विषयमा जिल्ला स्थित सरोकारवाला निकायसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला विकास समिति प्यूठानमा राजनीतिक दल, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर, विभिनन पेशागत संगठन, पत्रकार, बीचमा स्थानीय निकायका मागहरुबारे छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रमका सहभागीले जायज मागलाई राज्यले छिटो समाधान गर्नुपर्ने बताएका छन् । कार्यक्रमको सञ्चालन संघर्ष समिति प्यूठानका संयोजक दिनेश केसी र सदस्य यामलाल पोख्रेलले गर्नुभएको थियो ।

माघ १९ गतेदेखि शुरु भएको चरणबद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत भोलिदेखि स्थानीय विकास अधिकारी , प्रमुख जिल्ला इन्जिनियर, कार्यकारी अधिकृत, गाविस सचिव लगायत निजामति कर्मचारीलाई कार्यालय प्रवेशमा निशेध गर्ने, प्रयोग गर्दै आएको सवारी साधन सञ्चालनमा निशेध गर्ने, कार्यक्रम रहेको छ ।

स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्नुपर्ने, लामो अनुभवको आधारमा स्थानिय निकायका कर्मचारीलाई समायोजनमा पहिलो प्राथमिकता दिनुपर्ने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको  अभिलेखिकरणलाई संघिय सरकारले व्यवस्थित गरि सवै प्रदेश र स्थानिय तहमा लागु हुने गरि ऐन नियम बनाउनु पर्ने कर्मचारीले माग गरेका छन् । त्यसैगरि निजामति अस्पताल  सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्प्रर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु रहेको संघर्ष समितीले बताएको छ। ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ