सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न"/>

2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सुरक्षित विदेश यात्रा सम्वन्धि प्युठानमा अन्तरक्रिया सम्पन्न


सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न भएको छ । 

यु.एस.ए आई डि को आर्थिक सहयोग तथा फुलवारी एकिकृत गाम्रिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित कृषि, स्वास्थ्य, तथा वैकल्पीक जिवीकोपार्जन पर्वद्धन पहल कार्यक्रमको विपद जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत जिल्ला स्तरिय सरकारवाला विच उक्त छलफल कार्यक्रम गरिएको थियो । 

छलफल कार्यक्रमको लक्ष्य नेपालको मध्य र सुदुरपश्चिमका पहाडी तथा उच्च पहाडी जिल्लामा जोखिममा रहेका समुदायको खाद्य सुरक्षित हुने रहेको थियो । साथै कार्यक्रमको उद्धेश्य जोखिमको अवस्थामा रहेका समुदायको खाद्य उपलब्धताको अवस्थामा सुधार ल्याउने, जोखिमकाृ अवस्थामा रहेका घरधुरीको आम्दानी बढाउने, जोखिमको अवस्थामा रहेका घरधुरीको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने रहेको फुलवारी एकिकृत ग्रामिण संस्था पहल कार्यक्रमले जानकारी दिएको छ । 

छलफलमा सुरक्षित वैदेशिक यात्रा कार्यक्रम सम्वन्धि जिल्लाको अनुभव, गा.वि.स बाट भारत तथा नेपालकै अन्य जिल्लामा जानेका लागी कसरी परामर्स गर्ने, कार्यक्रमको दिर्घकालिन निरन्तरता, सरकारवाला निकायको सहयोग र सचेतना कार्यक्रम सम्वन्धमा खेल, सडक नाटक र रेडियो कार्यक्रमका बारेमा छलफल गरिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सरकारवाला, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द