फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/>
2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दीप गायन ताराको उपाधि कालीकालाई

फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटवलका दीपाशुं श्रेष्ठले प्राप्त गरेका  छन् । उपाधिसँगै उनले नगद १५ हजार, मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गायन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्धेश्यका साथ  छैंठौं  सस्ंकरणका रुपमा आयोजित प्रतियोगितामा ग्लोरी बोर्डिङ बुटवलकी आकाङ्क्षा भण्डारी द्वितीय भई नगद १० हजार प्राप्त गरेकी छन् । यस्तै, न्यू होराइजनकी खुसी पंगेनी तृतीय भई ५ हजार र बुद्ध इङ्लिस बोर्डिङ् सैनामैनाका माधव पौडेल र बुद्धदीप स्कुल रुद्रपुरका नितेश क्षेत्री सान्त्वना भई नगद २–२ हजार सहित मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

रुपन्देही जिल्ला भित्रका मा.वि. तहसम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोतिामा ३७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा आज उत्कृष्ठ १० विद्यार्थीहरुले फाइनलमा प्रतिस्पर्धा गरेको निर्णायक संयोजक नारायण थापाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका जिलला शिक्षा अधिकारी टेक बहादुर थापाले  नव प्रतिभाहरूको खोजी गरी कलाकारितामा पहिचान बनाउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले गायन प्रतिभाको खोजी गर्न कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेनद्र पराजुली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, उपप्राचार्यद्वय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य , प्लस टु संयोजक वसन्त जोशी र रेखा श्रेष्ठले यस्ता कार्यक्रमले प्रतिभाको पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय सवै प्रतिभाको लागि साझा चौतारो बन्नुपर्नेमा जोड दिनुभयो ।  

 प्रतियोगिता संयोजक सङ्गीता शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य कलाधार अर्यालको स्वागत तथा पुरुषोत्तम पाण्डेय, दिनेश खड्का र महेश खनालले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसह संयोजक अर्जुन पन्तले गर्नुभएको थियो ।

यस्तै, विद्यालयले बिहिबार ३६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  उत्कृष्ठ नतिजा दिने शिक्षकहरु र प्राप्त गर्ने  विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायक बसन्त श्रेष्ठ, राज कुमार बरली , पूर्व दीप गायन तारा प्रिया भण्डारी लगायतका कलाकारको प्रस्तुती रहेको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई