Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ६, भोजपुर । सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका अध्यक्ष देउप्रकाश राईले जानकारी दिनुभयो ।

सोही पानी भोजपुर ल्याउनका लागि विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत समितिले प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ । आन्दोलनअन्तर्गत बिहीबार सदरमुकाममा विरोध जुुलुस र आज सम्बन्धित निकायमा धर्ना कार्यक्रम रहेको जनाएको छ ।

सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष नवीन प्रधानले व्यक्तिको जग्गामा रहेको मुहान किन्नका लागि प्रक्रिया अगाडि बढाउँदा स्थानीयवासीमा भ्रम परेको बताउनुभयो ।

आफूहरु स्थानीयवासीको विरुद्धमा नरहेको समेत स्पष्ट पार्नुभयो । भोजपुर सदरमुकाममा खानेपानीको दीर्घकालीन आपूर्तिका लागि समितिले पछिल्लो समयमा पानीको स्रोत र स्थान पहिचानसमेत गरिरहेको छ । रासस