सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्प"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३औं जिल्ला स्तरिय गोष्ठी सम्पन्न

२०७३, ७ फाल्गुन शनिबार १२:२६


सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अथिति रहनु भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा प्यूठानका सभापति गुमानराज पुलामीले कार्यक्रममा बोल्दै भन्नु भयो रेडक्रसमा आवद्ध विद्यार्थिले आफुसँगै आफ्ना साथिहरुलाई सहयोगी बनाउनु पर्ने हुन्छ आपतमा सहयोग गर्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिनु भएको छ । ‘उहाँले भन्नु भयो रेडक्रसमा आवद्ध हरेक व्यक्ति कर्तव्य निष्ठ बन्न जरुरी छ ।’

उक्त गोष्ठीमा अघिल्लो बर्षको कार्यक्रम मार्फत तयार गरिएको विभिन्न विद्यालय स्तरिय कार्यक्रमहरुको समीक्षा गरिएको छ ।  भने जिल्लाको ५२ ओटा विद्यालय उपस्थित रहेको उक्त गोष्ठीमा आगामी आर्थिक बर्षमा सञ्चालन गरिने विद्यालय स्तरिय कार्यक्रमहरु हाजिरी जवाफ प्रतियोगिता, वत्तित्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता लगाएतको कार्यक्रमहरु उपस्थित विद्यालयहरुलाई बाडफाड गरिएको छ । 

 यो बर्ष विभिन्न कार्यक्रममा भाग लिएर जित हात पारेका विधार्थिलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । 

त्यस्तै आगामी बर्ष ३४ औ जिल्ला स्तरिय गोष्ठी भानुभक्त मावि बरबोटले सञ्चालन गर्ने ३३ औं गोष्ठीबाट निर्णय भएको आयोजकले बताएको छ । आगामी बर्षका कार्यक्रमको निरिक्षण गर्नको लागि संयोजक नारायण प्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यिय टोली गठन गरिएको छ ।

समापन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कमल केसिको रहेको थियो भने विद्यालय का शिक्षक कृष्ण विक्रम शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली