2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्राविधक कार्यालय प्यूठानमा कार्यालय प्रमुखको मनोमानि

एलिसा बस्नेत/फागुन ८, प्यूठान । जिल्ला प्राविधिक कार्यालय प्यूठानमा कार्यालय प्रमुख देखि कार्य सम्पादनमा देखिएको समस्या र मनोमानि तत्काल समाधान गर्नका लागि जिल्लाका सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन । पछिल्लो समय कार्यालयमा देखिएको मनोमानि र कार्य सम्पादनको सुस्तताले समस्या ल्याएको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले कार्यालय प्रमुखलाई पटक–पटक कार्य सम्पादन तिव्रता गर्न निर्देशन दिएपनि सुनुवाई नभएको भन्दै तत्काल ध्यान दिनका लागि स्थानिय बिकास अधिकारी इन्द्रप्रसाद बस्यालललाई समेत ध्यानाकर्षण गराउनु भएको छ ।

जिल्ला प्रसासन कार्यालयमा जिल्ला प्राविधक कार्यालयको मनोमानिका बिषयमा परेको उजुरि माथि आज छलफल गर्दै पमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी तथा जिल्लाका राजनैति दल र सरोकारवालाहरुले कार्यालयमा देखिएको समस्या तत्काल समाधान नगरे कार्यालय प्रमुखलाई विभागिय तथा जिल्लामै आउन नदिने समेत चेतावनि दिएका छन । कार्यालय प्रमुखले लामो समय देखि मनोमानि गर्दै आएको भन्दै शेवाग्राहि राम पहाडीले तत्काल कार्यालय प्रमुखले आफ्नो कार्य सम्पादनमा तिव्रता दिनुपर्ने समेत वताउनु भयो ।

जिल्ला प्राविधिक कार्यालयमा पटक–पटक आफुले कार्य सम्पादन गर्नका ध्यान दिन भन्दै ध्नाकर्षण गराएपनि कार्यालय प्रमुख सुरेन्द्र घिमिरेले बेवास्था गरेको भन्दै स्थानिय बिकास अधिकारी इन्द्रप्रसाद बस्यालले पुन ध्यानाकर्षण गराउने वताउनु भयो । उजुरी मथि छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

जिल्ला प्राविधिक कार्यालय प्रमुख शुरेन्द्र घिमिरे भने आफ्नो कार्यालयमा जानकारी नगराई तालिममा गएका छन । कार्यालयमा कार्यालयको जिम्मेवारी हेर्नेगरि अन्य कर्मचारीलाई जिम्मेवारी नदिई तालिममा गएका हुन । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नदिई तालिममा जादा कार्य सम्पादन ठप्प रहेको कार्यालयका कर्मचारीहरुलेनै वताएका छन । कार्यालयमा पछिल्लो समय उपस्थिती नभएर पनि हाजिरी गर्ने र कार्या सम्पादनमा तिव्रत नदिने गरेको शेवाग्राहि राम पहाडीले गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई