रमेश गिरी/फागुन ११, भक्तपुर । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रमेश गिरी/फागुन ११, भक्तपुर । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरप"/>

2026-11-02 03:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा बालकदेखि वृद्धसम्म होमिए परम्परा जोगाउन आगोमा


रमेश गिरी/फागुन ११, भक्तपुर । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् । 

कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा नचाएर खलि खुवाउने कार्य सम्पन्न गरिएको हो । 

धामी गुरुले तान्त्रिक विधिद्वारा कुलदेवताको आह्वान गरी यहाँका राउत परिवारको पुरुषको शरीरमा कुलदेवता चढाउने कार्य सफल भएपछि आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको डाङ्ग्रे हरिशरण राउतले बताउनुभयो । 

विसं २०१३ मा यसैगरी आगोमा नाचेर खली खुवाए पछि निरन्तर रुपमा कुलपूजा (दिवाली) का दिनमा शरीरमा कम्पन गराई कुलदेवता मान्दै आएको परम्परालाई ६० वर्षपछि खली खुवाएर ८ जना नयाँ डाङ्ग्रे तयार पारिएको उहाँले बताउनुभयो । 

तत्कालीन अवस्थामा दुईजना डाङ्ग्रे रहेकामा हाल ८५ वर्षका रत्नबहादुर (शिवराम) राउत मात्रै रहेको र उहाँको वृद्ध अवस्था भएकाले नयाँ डाङ्ग्रे तयार पारिएको स्थानीय प्रकाश राउतले बताउनुभयो । 

कुलदेवता मानवको शरीरमा प्रवेश गरेपछि आगोमा नाच्दा पनि नपोल्ने विश्वास अनुसार बालकदेखि बृद्धसम्मले आगोमा नाचेर खलि खुवाउने परम्परालाई धानेका हुन् । 

कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । यसो गरेमा कुलभित्र शान्ति हुने, अनिष्ट नहुने, नराम्रो हुनेलाई कुलपूजामा डाङ्ग्रेले सचेत गराउने र कुलदेवतालाई मान्दा प्रगति हुने विश्वास रहेको डाङ्ग्रे कुमार राउतले बताउनुभयो । 

काठमाडौँ सितापाइलाका गुरु दुर्गाप्रसाद सुवेदीले दुई महिना लगाएर यहाँका हरिशरण, निर्मल, दिपेश, सुकदेव, दिपेन्द्र, उत्तम, निरन्जन र निरज राउतको शरीरमा कुलदेवता प्रवेश गराएपछि नयाँ डाङ्ग्रे तयार भएको राउतले बताउनुभयो । 

एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा अझै पनि तान्त्रिक शक्ति रहेको छ भन्ने विश्वासलाई यस्ता परम्पराले प्रमाणित गरेको छ । ब्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायका बासिन्दाले पनि आफ्नो कूल गोत्रमा कोही अकाल मृत्यु भएमा, कुल बिगे्रमा वायु उतारेर खली खुवाउँदै उनीहरुलाई मोक्ष गर्ने परम्परासमेत रहँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द