2026-06-17 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा ७ हजार १९१ नयाँ मतदाता थपिए

2017-02-22

फागुन ११, बनेपा । काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन कार्यलयले चार महिनाको अवधिमा थप ७ हजार १९१ नयाँ मतदाताको फोटो सहितको नामावली संकलन गरेको छ । 

तीमध्ये विभिन्न गाविस र नगरपालिकमा संचालन भएको घुम्ति शिविरबाट ५ हजार ८१९ र जिल्ला प्रसासन कार्यालय र निर्वाचन कार्यालयबाट १ हजार ३७२ जनाको फोटो सहितको मतदाता नामावली संकलन भएको कार्यालयले जनाएको छ । 

सङ्कलित नामावली गत कार्तिक १ देखि फागुन ९ गतेसम्मको हो । 

जिल्लामा फोटो सहित मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या कुल २ लाख ३८ हजार ३७० पुगेको छ । यसमध्ये पनि २ हजार १५१ जनाको मृत्यु भएकाले उनीहरुको नाम हटाइने कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

गत पुस ११ देखि माघ २७ गतेसम्म जिल्लाको प्रत्येक गाविस र नगरपालिकामा नै फोटो सहितको मतदाता नामावली संकलनका लागि घुम्ति शिविर नै संचालन भएको थियो । अठार बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम उल्लेख भएकाले मात्रै अब हुने स्थानीय निर्वाचनमा भाग लिन पाउने छन् । 

निर्वाचनलाई लक्षित गरेर फागुन ९ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन कार्य पनि बन्द भएको छ । पुनः संरचना अनुसार काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाँउपालिका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ