सागर शर्मा/फागुन ११, प्युठान । महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम वुधवार खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन ११, प्युठान । महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम वुधवार खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्यु"/>

2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम प्युठानमा सम्पन्न


सागर शर्मा/फागुन ११, प्युठान । महिला समितिका सदस्यहरुका लागी आधारभुत तालिम वुधवार खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्लाका वाँधिकोट, फोप्ली, तिराम, माझकोट, खैरा, मरन्ठाना र धर्मावती का अगुवा महिलाहरु सहभागी थिए । सात दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो । 

फागुन ५गते देखि ११ गतेसम्म चलेको तालिममा समुह, वचत परिचालन, नेतृत्व विकास, लैङगीकता, प्रजनन स्वास्थ्य, ग्रामिण व्यावसाय, संञ्चार, वालविवाह, महिलाको अवस्था र शशक्तिकरणको आवश्यकताको वारेमा सहजीकरण गरिएको थियो । 

स्थानिय अगुवा महिलाहरु सम्मिलीत तालिमको उद्धेश्य महिला समुह समिती संस्थाका सदस्यहरुको लागी महिला समुह समिती संञ्चालन गर्नको लागी आवश्यक पर्ने आधारभुत ज्ञान दिने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानका महिला विकास निरिक्षक माया श्रेष्ठले जानकारी दिनुभयो । 

तालिमको सहजीकरण महिला विकास निरिक्षक माया श्रेष्ठको संयोजकत्वमा महिला विकास अधिकृत विष्णु आचार्य, विजयकुमार श्रेष्ठ लगाएत कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द