२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मोवाइल मर्मत तालिमपछि आर्थिक अवस्था सुधार

२०७२, ७ आश्विन बिहीबार ०४:४७

नरी बडु, असोज ७, बैतडी । मुक्त हलिया परिवारमा जन्मेका पाटन नगरपालिका– गुजरका प्रदिप बिक केही बर्ष अघिसम्म रोजगारी खोज्न भारत जाने मनस्थितीमा थिए ।

घरको अर्थिक अवस्था कमजोर भएपछि ७ जनाको परिवारको चुलो बल्न गाँउघरमा ज्यालामजदुरी गर्नुपर्ने बाध्यता थियो ।

बुवा बाजेको समयदेखी अरुको घरमा हलियाको रुपमा काम गर्दै आएको उनको परिवार मुक्त हलिया भएपछि झन समस्यामा पर्यो । सरकारले सात बर्षअघि मुक्त हलिया घोषणा गरेपनि बैकल्पिक रोजगारी दिने कुनै योजना नल्याउदा समस्यामा परेको हो ।

अनौपचारिक शिक्षा केन्द्र (ईन्सेक) ले बैतडीमा नेपाल शिक्षा परियोजना लागु गरेपछि प्रदिपको परिवारका दुःखका दिन घटदै गए ।

४ बर्ष अघि सदरमुकाम गोठालापानीमा मोवाइल मर्मत तालिम लिएपछि उनका परिवारको दुःखका दिन घटदै गएका हुन ।

इन्सेकले मुक्त हलियाका बालबालिकाको लागि शिक्षा र सिप पहँुच वृद्धि कार्यक्रम मार्फत अपौचारिक शिक्षा लिने उमेर कटेका उनी जस्तै २५ जनालाई ३ महिने मोवाइल मर्मत तालिम दिएपछि अहिले प्रदिपले मोवाइल मर्मत पसल खोलेका छन ।

तालिमपछि ईन्सेकले मोवाईल मर्मत गर्ने आवश्यक सामाग्री दिएपछि गरिवी निवारण कोषबाट ऋण लिएर उनले पसल खोलेका हुन ।
पाटनको बेडौतीमा मोवाइल मर्मत पसल खोलेर मासिक १५ हजार आम्दानी गर्दै परिवारको गर्जो टार्न सहज भएको छ । मोवाइल मर्मत गरेर उनले परिवारको सबै ऋण समेत तिरेको बताए ।

उनले भने ‘तालिम नपाएको भए भारतमा ज्यालामजदुरी गरेर गुजारा गर्नुपथ्र्यो तर अहिले आफनै पसलमा काम गर्दा सहज भएको छ ।’

प्रदिप जस्तै मुक्त हलियाका ८३ जनाले मोवाइल मर्मत तालिम लिएका छन ती मध्ये २५ जनाले मोवाइल मर्मत पसल खोजी गाँउमै रोजगारी पाएका छन ।

गाँउमै सिपमुलक रोजगारी पाएपछि उनीहरुको परिवारको आयस्तर वृद्धि भएको छ । बिहान बेलुका ज्यालामजुदरीले घरखर्च चलाउदै आएका परिवारको जीवनस्तरमा सुधार आएको छ ।

प्रदिप जस्तै दशरथचन्द नगरपालिक– ४ पल्लो चौडालीका भरतराम कोली अहिले काठमाण्डौको बिशालबजारमा रहेको एक मोवाइल मर्मत सेन्टरमा काम गर्दै आइएमा अध्ययनरत छन ।

आर्थिक अवस्था कमजोर भएका कोली राजधानीमा पढने सपनामा पनि सोचेका थिएनन । तालिम लिएपछि पसलमा काम गर्दै पढन पाउदा उनी खुशी छन ।

पढाई खर्च आफैले जुटाएर चाडपर्वमा घरमा आउदा घरपरिवारको लागि लुगा कपडा समेत ल्याउने गरेको उनले बताए ।

पाटन लार्खाकी नन्दा भुल पनि अहिले आत्मनिर्भर बनेकी छन । ईन्सेकको नेपाल शिक्षा परियोजनाबाट झोला मर्मत तथा बुनाई तालिम लिएपछि उनी घरमै बसीबसी पैसा कमाउन थालेकी छिन ।
झोला बुन्न आवश्यक कच्चा पदार्थ धागो खरिद गरी यो बर्ष झोला बिक्री गरेर ७५ हजार कमाएको उनले बताइन ।

उनले बनाएका झोला लिन बजारमा तछाड मछाड नै चल्छ । मिहेनत साथ राम्रो, स्तरिय आकर्षक झोला देखेपछि ग्राहक झोला खरिदको लागि घरमै आउने गरेका छन ।

परियोजनाले मुक्त हलियाको जीवनस्तर नै परिवर्तन गरेको छ । मुक्त हलिया बढी भएको देहीमाण्डौ, पाटन, न्वाली, दुर्गास्थान लगायतका ठाँउका मुक्त हलियाका बालबालिका आत्मनिर्भर बन्नुका साथै बिद्यालय समेत जान थालेका छन ।

बिद्यालयमा सचेतना कक्षा मार्फत मुक्त हलियाका बालबालिकाको चेतनास्तर वृद्धि भएको छ । छुवाछुत, भेदभाव, छाउपडी लगायतका विकृतीबारे चेतना जगाउन सहयोग पुगेको निगंलाशैनी उच्च माविका प्रअ प्रेमबहादुर बोहराले बताए ।

उनले भने परियोजना लागुभएपछि बिद्यालय आउने मुक्त हलियाका बालबालिकाको संख्या बढेको छ ।

मुक्त हलियाका बालबालिकालाई शैक्षिक समाग्री, खेल समाग्री वितरणपछि उनीहरु खुशी भएको प्रअ बोहराले जानकारी दिए ।

ईन्सेकले संचालन गरेको नेपाल शिक्षा परियोजनाले मुक्त हलियाको आर्थिक अवस्था सुधार्दै, चेतनास्तर वृद्धि गर्दै शिक्षा र सिप विकास भएको ईन्सेक जिल्ला प्रतिनिधी शेरबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ