Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 24, 2017 धनुषा - DNS, समाज

मोटरसाइकलको ठक्करले एकको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>फागुन १३, धनुषा ।</b> मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>पुरोहित्याइँ कार्य गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।&nbsp;</p><p>जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । रासस&nbsp;</p>