सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोजर शुक्रबार बिहान प्युठानको खाल ८ सिर्पगैरामा दुर्घटना भएको हो ।

स्वर्गद्धारी देखि रोल्पाको होलेरी जोड्ने मोटरबाटो निर्माणका लागि जाँदै गरेको उक्त जेसिवि पल्टिदा दाङ पुरन्धारा १ का अन्दाजी २०/२१ बर्षिया गोपाल के सि को घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

उनी सोही मोटरबाटोमा काम गर्ने मजदुर भएको प्रहरी श्रोतले भनेको छ ।