2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिमका शक्तिपिठहरुमा पुजाआजा गर्ने क्रम जारी

नरी बडु, मंसिर ४ बैतडी ।
धार्मिक विश्वासले महत्वपुर्ण मानिने सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा अहिले शक्तिपिठहरुको पुजाआजा गर्नेे क्रम चलिरहेको छ ।
यो महिना विषेस पर्व भएकाले शक्तिपीठहरुमा जात्रा सहितको पूजाआजा शुरु भएको हो ।
बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, रौलाकेदार,सिगासधुरा, महादेव मन्दिर, भवानी मन्दिर , श्रीकोटमा अवस्थित भिटाकेदार मन्दिर लगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा बिशेष पूजाआजा सहित जात्रा हुने गर्दछ ।
जिल्लाको दशरथचन्द नगरपालीकामा अवस्थीत त्रिपुरासुन्दरी भवगती मन्दिरमा आज विषेस जात्रा स्वरुप रांगाको बलि समेत चढाइन्छ ।
स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नका लागि सीमावर्ती भारतको झुलाघाट, पिथौरागढ लगायतका ठाउँबाट पनि भक्तजनहरु आउने गर्दछन् ।
उता मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रही स्थानिय भुवन भट्टले बताए ।
यस्तै बैतडीकै श्रीकोट गाविसको वडा नम्वर २ मा अवस्थित प्रसिद्ध भिटाकेदार मन्दिरमा पनि आज जात्रा हुने भएको छ ।
कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भएको पुजाआजा, आज राती जात्रा पछी समापन हुने स्थानिय गोकर्ण बिष्टले बताए ।  भिटाकेदार मन्दिरमा पुजाआजा तथा जात्रा हेर्न श्रीकोट , देउलेक, श्रीकेदार , सित्तड , न्वाली , कटौजपानी लगायतका ठाउवाट समेत भक्तजनहरु आउने गर्दछन ।

Tripura-badi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई