2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका दुईसहित पाँच युवतिको कृष्णनगरबाट उद्धार

एलिसा बस्नेत/फागुन १४, प्यूठान । वैदेशिक रोजगारीको प्रलोभन देखाउदै वेच्नका लागि भारत लैजान लागिएको अवस्थामा प्यूठानका दुई युवति सहित ५ जना यूवतिहरुको आज कृष्णनगरवाट उद्धार गरिएको छ । 

के आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले आज  ५ जना युवति को उद्धार गरेको छ ।उद्धार गरेकी चेलीहरु मध्ये भारतका बिभिन्न शहर देखि दुबै सम्म रोजगारका नाममा अवैध रुपमा लैजान लागिएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले प्युठान घर हुने आसा र सिता  (नाम परिबर्तन )लाई उद्धार गरेको छ त्यस्तै मोरङ्ग बयरबन घर भएकी १६ बार्षिक पुजा (नाम परिबर्तन) भारतमा रोजगार गर्न भनि जादै गर्दा उद्धार गरेको जनाएको छ  ।

त्यस्तै दाङ्ग  घर हुने रुपा नाम परिबर्तन श्रीमान बाट छुट्टिनु पर्ने बाध्यता भएकि  यूवतिलाई पनि उद्धार गरेको छ ।घरमा धेरै छोरा छोरी भएको कारण चरम गरिबि र अभाब पछि रोजगार गर्ने हेतुले फोनमा चिनजान भएको एक पुरुष संग भारत जादै गर्दा उनलाई उद्धार गरिएको हो ।उद्धार गरिएकि ती महिला हाल के.आइृ नेपालले आत्मा निर्भर गराउने उदेश्यले चितवन सेफ होममा बिभिन्न तालिम दिनका लागी रिफर गरेको छ । त्यस्तै कपिलबस्तु पत्थरदइया बस्ने सिता नाम परिबर्तनलाई पनि उद्धार गरिएको छ ।  

युवति साथमा लिएर आउने ब्याक्ति अलग रुपमा बोर्डर पार भएको हुदा एजेन्टलाई नाम समेत थाहा नभएको कारण  नियन्त्रणमा लिन कठिन भएको के.आई नेपालले  जनाएको छ । पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोहि बाबु आमा नभएका त कोहि श्रीमानले अर्को बिबहा गरेकाको संख्या बढि आउने गरेको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिनुभयो । बिशकर्माका अनुसार उद्धार गरिएका प्यूठानका दुई युवति सहित चेली मध्ये ५ जनालाई बिभिन्न सिप सिकाई आत्मा निर्भर गराउनका लागी चितवन सेफ होम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई