2026-09-18 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउमा महोत्सव लगाउन आर्थिक संकलन

नरी बडु, मंसिर ६, बैतडी । बैतडीको श्रीकेदारका स्थानियवासि आफ्नै गाँउमा साँस्कृतिक महोत्सव लगाउन आर्थिक संकलनमा जुटेका छन् ।
महोत्सवमार्फत स्थनिय कला, संस्कृति र प्रर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथि स्थनयि आर्थिक संकलनमा जुटेका हुन् ।

श्रीकेदार, न्वाली, श्रीकोट गाविस र दशरथचन्द नगरपालीकाका केही वडा हरुबाट स्थानियले स्वस्फुर्त रुपमा चन्दा दान गर्न थालेको महोत्सवको आर्थिक समितीका संयोजक हरिकृष्ण भट्टले बताउनुभयो ।

भट्टका अनुसार आर्थिक संकलनको कार्य अझै जारी रहेको र अहिलेसम्म स्थानियबासिहरुबाट मात्रै ७० हजार भन्दा बढी आर्थिक संकलन भएको छ ।

यस्तै जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले पनि स्थानिय स्तरको कला संस्कृति र प्रयटन प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएकाले सक्दो सहयोग गर्ने बताएका छन् ।

श्रीकेदारमा मंसिर १७, १८ र १९ गते हुन लागेको महोत्सव चन्दा दानमा स्थनियले भरपुर सहयोग गर्ने बताएपछि थप राष्ट्रिय कलाकार मगाउन र अन्य व्यवस्थापन गर्न संसिर २८, २९ र पुष १ गते सम्मका लागि सारिएको छ ।

आर्थिक संकलनको कार्य सोचेभन्दा राम्रो देखिएकाले महोत्सवलाई अझै उद्देश्यमुलक बनाउन विभिन्न तयारीहरु गर्नुपर्ने भएकाले महोत्सवको मिति सारीएको महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारका प्रतिभाहरु तथा स्थनयि स्तरका भैलो, होरी, गौरा, सगुन र डेउडा लगायतका प्रतिभाहरु देखाईने संयोजक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई