2026-11-01 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जनचेतना जगाउन प्रहरी सक्रिय

नरी बडु/ मंसिर २१ बैतडी । जिल्ला प्रहरी कार्यालय लागु औषध र सवारी चेतना सम्बन्धी बिद्यार्थीहरुलाई सचेतना दिन थालेको छ ।
जिल्लामा सडक दुर्घटना र लाघु औषध, मापसे महिला हिंसा लगायतका घटना बढन थालेपछि न्युनिकरणका लागि बिद्यालयस्तरमा सचेतनात्मक क्रियाकलाप संचालन गर्न थालेको हो ।

आइतबार देहीमाण्डौंस्थित निंगलाशैनी उच्च माविका बिद्यार्थीहरुलाई चेतनामुलक कक्षा संचालन गरेको हो् । सडक दुर्घटना, लागु औषध, आत्महत्या लगायतका घटना बढन थालेपछि बिद्यार्थीलाई जानकारी दिदा यस्ता विकृति रोक्न सहयोग पुग्ने उदेश्यले बिद्यालयस्तरमा चेतनामुलक कक्षा दिन थालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्र नम्बर २ का सभासद नरबहादुर चन्द, स्थानिय विकास अधिकारी खेमराज बिष्ट लगायतले जिल्ला प्रहरी कार्यालयले दिएको शन्देश गाँउसम्म लैजान आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालयले जिल्लाका अन्य बिद्यालयमा पनि जनचेतनात्मक कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । विकृति, विसंगती नियन्त्रणको कम गर्न बालबालिकाको महत्वपुर्ण हात हुने भएकोले बिद्यालयसँग मिलेर यस्ता क्रियाकलाप गर्न थालेको प्रहरी प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द