Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौषम अगावै लालिगुराँस ढकमक्क

By साझासवाल 5 मिनेट पढाइ

गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्रिय फूलको रूपमा  राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग मदाने क्षेत्रमा पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको थियो । फाल्गुण लाग्दासम्म जिल्लाका विभिन्न क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ ।

पहाडी र उच्च पहाडी वन जगलमा लाली गुरास राताम्मे पूmलीसकेको छ । सामान्यतया लाली गुरास फुल्ने सिजन,उचाई अनुसार फाल्गुन देखि बैशाख सम्म फुल्ने गरेता पनि अहिले सिजन अगाबै फुल्न थालेका छन् । जलबायु परिबर्तन ले पहाडी भेगमा बिभिन्न फलफुल सिजन अगाडी फुलेको देखेरा स्थानिय छक्का चिन्तित भएका छन् । मुलखर्क गा.बि.स को बिभिन्न ठाउमा फुल्ने लालीगुरास माग मै फुल्न थालेपछि स्थानिय जानकारहरु कलियुग लागेको प्रतिक्रिया दिन्छन् । सामान्यतया १४०० मिटर देखि लालीगुरास फुल्ने गर्दछ । मुलखर्क गा.बि.स समुन्द्र सतह देखि १८८५मिटरको उचाईमा पर्दछ मुलखर्कमा २÷३ प्रकारको लाली गुरास फुल्ने गरेको छ ।

यसरी सिजन अगाडी लालीगुरास फुलेको त धेरै भयो तर यसपटक अलि अचम्म लाग्दो गरि फुलको कोपिला लाग्ने बेलामै फुल राताम्मे फुलेको मुलखर्कका निवर्तमान गा.बि.स अध्यक्ष पंञ्च बहादुर तामाङ्घको भनाई छ । उहाँको भनाई अनुसार सिजन अगाडी फलफुल फुल्ने फल्ने गरेको छ एैसेलु,काफल,आरु जस्ता बिभिन्न फलफुल सिजन अगाडी नै पाक्न थालेका छन् । मुलखर्क को स्थानिय कृषक हरुले पनि पहिलेको भन्दा भिन्न अनुभब गर्न थालेका छन् । पहिले अगबरे खुर्सानीको बोट बिरुवा चिसोको कारण मर्ने गरेकोमा हाल हरियो नै बोट बिरुवा बस्ने गरेको पाईन्छ, (मुलखर्क माथिलो भेगमा) त्यस्तै कालजार पनि केही बर्ष यता फुल नफुलेर कोपिलामै मर्ने गरेको पाईन्छ ।

वनस्पतिबिद् तीर्थ बहादुर श्रेष्ठको अनुसार लालीगुरास सामान्यत चैत्र बैशाखमा फुल्ने हो,माघमै पहाड रातै हुने गरि गुरास अपबाद हो । कम उचाईका पहाडमा गुरास फुल्छ बढी उचाईमा ढिलो उहाको भनाई छ तर १ महिना भन्दा बढी समयान्तरमा कम र बढी उचाईका पहाडमा फुल्नु असामान्य हो ।