Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको सान,ज्ञानबहादुरलाई सम्मान

पूर्णप्रसाद न्यौपाने / फाल्गुण १७, ओखलढुंगा । ओखलढुंगाका तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत सम्मानीत हुनुभएको छ । ओखलढुंगा बस्दा राम्रो काम गरेरको भन्दै बस्नेतलाई स्वास्थ्य मन्त्रालयले सम्मान गरेको हो । बस्नेत प्रमुख रहेको समय आर्थिक वर्ष २०७२-२०७३ मा ओखलढुंगा कार्यसम्पादन मूल्याकंनमा पूर्वाञ्चलका अरु सबै जिल्लालाई पछि पार्दै पहिलो भएको थियो । स्वास्थ्य सेवा दिवसको अवसरमा बस्नेतलाई प्रशंसा पत्र र मायाँको चिनो प्रदान गरेर मन्त्रालयले सम्मान गरेको हो ।  

यो पनि पढ्नुस् 

स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेका मुल्याकंनमा ओखलढुंगा पुर्वाञ्चलमा पहिलो र देशभरमा २७ औँ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले गत आर्थिक वर्ष २०७२-२०७३ मा कामहरुको मूल्याकंनमा ८१ दशमलव ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चलमा प्रथम भएको हो भने राष्टिूय रुपमा २७ औं स्थान प्राप्त गरेको छ । 

राष्ट्रिय वार्षिक प्रगति समिक्षामा जिल्ला स्तरीय कार्य सम्पादन मूल्याकंनमा आर्थिक वर्ष २०७२-७३ मा पुर्वाअञ्चलमा रहेका १६ वटा जिल्लाका स्वास्थ्य कार्यालय मध्ये राम्रो काम गरेर प्रथम भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । कार्यालयका अनुसार ओखलढुंगामा विभिन्न वार्षिक कार्यक्रम अन्र्तगत पोषण, दादुरा, खोप, परिवार नियोजन सरकारी निशुल्क बाँड्ने औषधीहरुको वितरण लगायतका योजनाको काम समयमै सहि तरिकाले गरेकाले पुर्वाञ्चलमा प्रथम भएको हो । पुर्वमा उदयपुर दोस्रो र मोरगं तेस्रो स्थानमा छन् । पुर्वमा ईलाम सबै भन्दा पछाडी छ ।

 स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याङकंन गरिएको थियो । कार्य सम्पादन मूल्याङ्कनको कार्यान्वयन अवस्थाको सूचकका आधारमा कार्यक्रमको मापन गरी कार्यालयको सेवालाई चुस्त दुरुस्त बनाउने ध्येयले गरिएको मुल्याङ्कनमा ओखलढुंगाले पुर्वमा प्रथम स्थान हाँसिल गरेको भन्दै तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले खुसी व्यक्त गर्नुभयो । ‘मलाई एकदमै खुसी लागेको छ हाम्रो कामको सहि मुल्याङ्कन भयो’ बस्नेतले हामीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो‘ओखलढुंगाका सबै स्वास्थ्यकर्मी, स्वास्थ्यका कर्मचारी,महिला स्वास्थ्य स्वयं सेविका, पत्रकार, सञ्चारकर्मी,दलका नेता,प्रशासक लगाएत सबैको सफलता हो यो’ तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख बस्नेत अहिले सिन्धुली सरुवा भईसक्नु भएको छ । 

यता जिल्ला स्वास्थ्य प्रमुख डा प्रमोद यादवले आफ्नो कार्यकालमा जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसुर बाँकि नराख्ने बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयको मुल्याङ्कनले काममा थप सकृय बन्न उत्प्रेरणा मिलेको बताउनुभयो । स्वास्थ्य कार्यलयको गतिबिधि, योजनाको कार्यान्वयन, प्रभावकारीता अभिवृद्धि गर्न उत्प्रेरित गर्ने र जिम्मेवार बनाउन जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखा स्वास्थ्य मन्त्रालयले मुल्याकंन गर्न थालेको हो । आर्थिक वर्ष २०५५-०५६ बाट स्वास्थ्य सेवा विभागबाट मुल्याकंन गर्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द