८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भुत लागेको भन्दै चौचालय भत्काउने तयारी, १० दिनमा २१ जना छात्रा बिरामी

२ आश्विन २०७२, शनिबार ०५:१८

नरी बडु/ असोज २, बैतडी ।  सामाजिक अन्धविश्वासका कारण बैतडीको तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर भुत लागेको भन्दै सौचालय भत्काउने तयारी गरीएको छ ।  उक्त विद्यालयमा अध्यनरथ छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्री भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामिझाँक्रिको विश्वासमा लागेर सौचालय भत्काउने तयारी भएको हो ।

विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केसबराज जोशिले बताए ।  प्रधानाध्यापक जोशिका अनुसार विगत ४/५ दिन यतादेखि स्थानियको दबावमा विद्यालयमा रहेको चार कोठे सौचालयमा ताला लगाईएको छ ।

सौचालयमा यसरी ताला लगाईदा विद्यार्थिहरु खुल्ला रुपमा सौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धीत भएको स्थानिय दिपक चन्दले बताए ।  उहाँका अनुसार स्थानियले पनि धामिझाँक्रिको विश्वासमा परी चार कोठे सौचालय भत्काउन दबाब दिईरहेका छन् ।

केही स्थानियले धामीझाँक्रिकै भरमा परी सौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडीएको संम्पत्ति अन्धविश्वासमा भत्काउने तयारी हुदाँ त्यसलाई रोकिदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथासिग्र उपचार गरीदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारीक जानकारी आएको र पर्सिसम्ममा त्याहाँ स्वास्थ्यकर्मिको टोली पठाईने जिल्ला स्वस्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जिवन भट्टले जानकारी दिए ।
भट्टका अनुसार यस्तो समस्या मास स्टोरीया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टैनै उपचार हुने हुदा नआत्तीन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेको युगमा धामीझाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले धामिझाँक्रिको विश्वासमा नपर्न र अन्धविश्वासमा परेर विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाईपछि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानियलाई आग्रह गरेका छन् ।
रोगको उपचार गर्ने निकाय हुदाँ हुदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैलेपनि गैरकानुनि कार्य गरे कानुन बमोजिम कार्वाही हुने अधिकारीले बताए ।
त्यहाँका धामी झाँक्रिले भने सौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानिय दिपक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र