2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा १२ वटा क्याम्पसमा मतदान हुँदै

फागुन १८, धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ । १६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ । 

“जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ”, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भन्नुभयो, “केही क्याम्पसमा मतदान सुरु भइसकेको छ ।” 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बाँकी क्याम्पसमा निर्वाचनका लागि विहान ८ बजेदेखि मतदान सुरु भएको बताउनुभयो । 

“हामीले मतदान भइरहेको क्याम्पसमा विद्यार्थीले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउने काम गरिरहेका छौँ”, एसपी थापाले भन्नुभयो । क्याम्पसमध्ये दुईवटामा सर्वसम्मत भइसकेको र दुईवटामा विवादका कारण हुन नसकेको थापाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई